२९ आश्विन २०८३, बिहिबार

बालबालिकालाई ‘अनलाइन गेम’ नखेलाउन चेतावनी

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेइजिङ, १९ साउन । प्राथमिक र माध्यामिक तहको विद्यालयमा बालबालिकालाई अनलाइन वा मोबाइल गेम नखेलाउन चीनको शिक्षा मन्त्रालयले बुधबार चेतावनी दिएको छ ।

मन्त्रालयले गर्मी बिदाका बेला बालबालिकालाई यस्तै खेलहरूमा भुलाउने गरेकाले त्यस्तो नगरी अन्य विकल्प अपनाउन पनि आग्रह गरेको छ । अनावश्यक तथा खराब अनलाइनबाट समेत बालबालिकलाई टाढा राख्न मन्त्रालयले सुझाव दिएको छ ।

बालबालिकालाई बिदाको बेलामा थप शुल्क लिएर थप कक्षा सञ्चालन गर्ने कार्य पनि ठिक नभएको शिक्षा मन्त्रालयले स्पष्ट पारेको छ ।

बिदा वा फुर्सदको बेलामा बालबालिकालाई सामाजिक गतिविधिहरू, कृषिजन्य कार्य, स्वयमसेवी काम आदिमा लगाउनु उपयुक्त हुने मन्त्रालयको भनाई छ । – सिन्ह्वा