१५ कार्तिक २०८३, आइतबार

प्रमुख दलले जनकपुरलाई केन्द्र बनाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ साउन । तेस्रो चरणको स्थानीय तह निर्वाचनलाई लक्षित गरी प्रमुख दलहरूले जनकपुरलाई केन्द्र बनाएर दुइ नम्बर प्रदेशको चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।

बुधबार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि कृष्णप्रसाद सिटौला, महामन्त्ती शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी र कृषिमन्त्री रामकृष्ण यादव जनकपुर आएर प्रचारप्रसार अगाडि बढाएका छन् । नागरिक दैनिकले समाचार छापेको छ ।

विहीबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंहलगायत नेताहरु जनकपुर आउने कार्यक्रम छ ।