३० आश्विन २०८३, शुक्रबार

अब फेरि रेणुले हारिन भने…

144.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– साकार लामा

भरतपुर महानगरमा तीन वटा सम्भावना देखिए । पहिलो देवी ज्ञवालीले जित्ने, दोस्रो प्रचण्ड पुत्रीले जित्ने, तेस्रो माके कार्यकर्ताले फेरि मतपत्र च्यात्ने। यी तीनवटै सम्भावना हुँदा परिस्थिति के के हुन सक्लान् त ?

जब अन्याय नै कानुन बन्छ तब प्रतिरोध कर्तव्य बन्छ। थोमस जेफरसनको यो भनाई कता कता भरतपुरलाई मिल्छ, भरतपुरवासीलाई मिल्छ। भरतपुरमा जेठ १४ को कालरात्रीमा जे भयो, गलत भयो। र, रह्यो प्रश्न कसले गर्यो, किन गर्यो र के का लागि गर्यो भन्ने विषय सायद सर्वोच्च अदालतका दुई न्यायाधीश बाहेक सबैलाई जगजाहेर नै थियो र छ। लोकतन्त्रको मेरुदण्ड मानिने निर्वाचन प्रक्रियामाथि नै हमला गर्ने र जनमत च्यात्ने जस्तो घृणित कार्य गरियो, गराइयो।

यो भरतपुर मतपत्र प्रकरण सामान्य रुपमा एकाएक आएको घटना भने होइन्। माओवादीभित्रको चरम भ्रष्टाचार, नातावाद, परिवारवाद र अपराधीकरणले भित्र्याएको बाईप्रोडक्ट हो। तेस्रो दलमा खुम्चेपछि ‘बाँच्नका लागि संघर्षको’ सिद्धान्त अनुरुप उसले अंगिकार गरेको परिवारका लागि ‘जे पनि गर्ने’ नीतिको उपज हो । आफ्नो सन्तानले हार्ने निश्चित भइसकेपछि राज्य शक्तिको दुरुपयोग गरी मतपत्र च्यातने र रिःपोलिङ्गमा गरी चुनाव जित्ने दाउ प्रचण्डको देखिन्छ। धृतराष्ट्रको सन्तानप्रतिको अन्धोमोहका कारणले सारा संसार जलेको थियो, आज प्रचण्डको पुत्रीमोहले भरतपुर जल्दैछ। भरतपुरको यो जलनमा मलम कसले लगाउने हो, कहिले लगाउने हो।जेसुकै होस् जलन र मलमका बीचमा भरतपुर जनप्रतिनिधिविहीन बन्यो । र, साथै बद्नाम पनि। कसैको बद्नियतले बद्नाम बनेको भरतपुरको चाहाना भने यो थिएन।

लेखक: साकार लामा

भरतपुर मतपत्र काण्डपछि कर्मकाण्डी रुपमा रचिएका निर्वाचन आयोगको नाटक मञ्चन र सर्बोच्चको मन्थन पछि साउन २० लाई भरतपुर-१९ को पुनःमतदानको साइत तोकिएको छ। सामान्यतया निर्वाचन हुने भइसकेपछि कुनै दुई पक्षमध्ये एकको जित हुन्छ, एकको हार हुन्छ। तर, त्यो सर्बव्यापी नियममा थप एक कानुन सर्वोच्चका गोपाल पराजुली र अयोधी यादवको निर्वाचन आयोगले थपेका छन्। त्यो हो, हार्ने भएपछि सत्ता पक्षले मतपत्र च्यात्ने र निर्वाचन आयोगवाट अनुमोदन गरी सर्वोच्च अदालतवाट स्वीकृत गराई पुनःमतदान गराउने। यसो हुँदा भरतपुर महानगरमा तीन वटा सम्भावना देखिए । पहिलो प्रचण्ड पुत्रीले जित्ने, दोस्रो देवी ज्ञवालीले जित्ने र तेस्रो माके कार्यकर्ताले फेरि मतपत्र च्यात्ने। यी तीनवटै सम्भावना हुँदा परिस्थिति के के हुन सक्लान् त ?

देवी ज्ञवालीले जिते..

एउटा व्यक्तिको बिरुद्धमा सिङ्गो राजनीतिक दल, निर्वाचन आयोग, राज्य शक्ति र न्यायलय नै लागेको छ। तर यी बाधा, व्यावधन ,जालझेल, सत्ताशक्ति र अनेक तिक्डमचालको बिरुद्धमा एउटा व्यक्ति आफ्नो सिद्धान्तको कसीमा चट्टान भई उभिएको छ। राजनीतिमा नैतिकता र इमान्दारिता पनि बाँकी छ भन्ने कुरा देवी ज्ञवालीको जीवनवाट थाहा हुन्छ । सानो उमेरदेखि नै अहोरात्र र निरन्तररुपमा भरतपुरवासीको सेवामा लागेका व्यक्ति हुन देवी ज्ञवाली। लामो राजनीतिक इतिहास बोकेका ज्ञवालीको गल्ती यहीँ भयो कि उनको पिता यो देशको प्रधानमन्त्री होइनन्। जनताको छोरा देवी ज्ञवाली नगरप्रमुख बने जनताकै सेवामा लाग्ने निश्चित छ।

देवी ज्ञवाली भन्ने बितिकै, ए ती लंकुका देवी, एमालेका देवी, भरतपुरका देवी र हाम्रो देवी ज्ञवाली भनी सबैले चिन्दछन्। विगत पाँच दशकदेखि भरतपुरमा जन्ती, मलामी, मर्म, पर्म, सुख, दुःख र घामपानी भोग्दै आएका ज्ञवालीसँग हरेक भरतपुरवासीको साइनो छ।

भरतपुरवासीलाई केही पीडा परे त्यहाँ देवी उभिनेछन्। अन्याय भए कुनैबेलामा पनि देवी ज्ञवालीको घरको ढोका ढकढकाउने छुट भरतपुरवासीलाई हुनेछ। नगरप्रमुख सवार गाडी जुनसुकै बाटाहरुमा जनताको ईशारामा रोकिनेछन्। देवी ज्ञवाली भरतपुरको माटोसँग जोडिएका छन्, यसका कणकणले उनलाई चिन्नेछ। तर, के रेणु मेयर बने यी सुविधा र पहुँच भरतपुरवासीले पाउँछन् त ? केही भारदार, भरौटे बाहेक रेणु दाहालसँग कसैको पनि पहुँच वा सम्पर्क हुनेछैन। देवी ज्ञवाली भन्ने बितिकै, ए ती लंकुका देवी, एमालेका देवी, भरतपुरका देवी र हाम्रो देवी ज्ञवाली भनी सबैले चिन्दछन्। विगत पाँच दशकदेखि भरतपुरमा जन्ती, मलामी, मर्म, पर्म, सुख, दुःख र घामपानी भोग्दै आएका ज्ञवालीसँग हरेक भरतपुरवासीको साइनो छ। उनको भरतपुर सँगको यही आत्मीयता र हर्दिकताले भरतपुरमा गठबन्धनले पनि काम गरेन। भरतपुरवासीको वास्तविक प्रतिनिधित्व देवी ज्ञवालीले गर्नेछन्। र, एउटा सन्देश यो देशका ठेकेदारहरुले पाउने छन् कि भरतपुरवासी कसैका दास होइनन्।

रेणु दाहालले जिते…

कथमकदाचित यदि भरतपुर महानगरको पुनः मतदानपछिको मतगणनामा माओवादी उम्मेदवार रेणुले जितिन् भने यो जीतले भरतपुरमा आकाश त खसाउँदैन तर भरतपुरलाई भने थप बदनाम बनाउँछ। नचाहँदा नचाहँदै पनि हामी भरतपुरवासी अन्यायको पक्षपाती हुनेछौं । र, कहिले नमेटिने कंलक हामीलाई लाग्नेछ। भबिष्यमा हाम्रा सन्ततिहरु दिन जबाफ हामीसँग हुने छैन। र, भरतपुरलाई एउटा आरोप सँधैका लागि लाग्नेछ। रेणु दाहालको यो जीत नेपाली लोकतन्त्रको हार हुनेछ, भरतपुरको हार हुनेछ। जनता भेडा हुन् भनी सोचेर जनमत नै च्यातने र पुनः मतदान गराई फकाईफुलाई जितिन्छ भन्ने प्रवृत्तिले प्रश्रय पाउँछ। आफ्नो सिहंदरबारमा राम्रो पहुँच भएकाले भरतपुर विकास गर्ने रेणु दाहालको दाबीमा म्यादे प्रधानमन्त्री पिताको पावरको धाक देखिन्छ।

रेणुले जितिन् भने यो जीतले भरतपुरमा आकाश त खसाउँदैन तर भरतपुरलाई भने थप बदनाम बनाउँछ।

केही समयअघि भरतपुरमा प्रचण्डको भाई हुँ र विकासको खोला बगाउने दाबी गर्ने नारायण दाहालहरु आफै पनि बडारिएका थिए। विकास गर्नेको लागि पिताको पहुँच होइन्, जनताको मर्म बुझ्ने र इच्छाशक्ति भएको नेता चाहिन्छ। जनताको मर्म रेणु दाहालले कति बुझ्छिन भन्ने त भरतपुर १९ मा जलेका जनताका मतपत्रहरुले बताउँछन्। इच्छाशक्ति चाँहि काठमाडौंमा संसद लडेर ट्रायल फेल भइसकेपछि काजसरुवामा भरतपुरको मेयर भइन्छ कि भनी आउनेमा कति होला र ?

कुनै पनि स्थानको विकास गर्ने त्यस भूगोलमा भिजेको हुनुपर्द्छ, स्थानको राम्रो जानकारी हुनुपर्दछ। के सुप्रिमो पुत्रीलाई भरतपुरको भुगोलको ज्ञान छ ? दुखको साथमा भन्नुपर्छ, छैन। मलाई एउटा मात्रै समाजसेवाको काम भनिदिनुस्, जुन भरतपुरमा रेणु दाहालले विगतमा गरिन् ? रेणु दाहालले भरतपुरमा कांग्रेस कार्यकर्ताको रुखमा मत दिन पाउने अधिकार खोस्नेबाहेक केही गरिनन्। प्रचण्डपुत्री भएकाले नै भरतपुरका धर्तीपुत्र युवा दिनेश कोइरालाको उम्मेदवारी फिर्ता गराइयो। जनताको चित्त दुखाएर जबर्जस्ती भरतपुर महानगर हाँक्न भने सजिलो छैन्। महानगर प्रमुख आफै कार्यपालिका र न्यायापालिका पनि हुन्छ। तर अन्यायको सिँढी चढेर,जनताका मतका चितामा टेकेर बन्ने मेयरवाट न्याय सम्पादनको के आश गर्नु ? यस्ता विभिन्न कारणहरुले गर्दा भरतपुर महानगरको प्रथम मेयर रेणु दाहाल बन्नु भरतपुरका लागि दुर्भाग्यपूर्ण हुनेछ।

 

फेरि मतपत्र च्याते…

राजनीतिक दल भद्र, भलादमीहरुको समूह हो। तर जब यी भद्र, भलादमीका हुलमा अपराधीहरुको प्रबेश हुन्छ, तब राजनीति धमिलो हुन्छ। र, यहीँ अपराधिक मानसिकताले भरतपुर महानगरलाई पनि धमिलो बनायो। प्रचण्डपुत्री मेयरमा उठ्नु र माके कांग्रेस गठबन्धन हुनु र शेरबहादुरले आफ्नो आधार इलाकाको तिलान्जली दिनुमा कुनै संयोग थिएन। यी सबै सोचिएका, बुझिएका र बुनिएका चाल हुन। जसरी भएपनि आफ्नो सन्तानलाई मेयर बनाइछाड्ने एउटा पिताको बालहठ्को उपज हो भरतपुर प्रकरण। मतगणनाका क्रममा उम्मेदवारका प्रतिनिधिले बदनियत राखेमा जस्तोसुकै परिस्थितिमा पनि मतपत्र च्यात्न सक्छन् ।

अब भरतपुरमा पुनः मतदान पछिको मतगणनामा फेरि देवी ज्ञवालीले अग्रता लिए, माकेले मतपत्र च्यात्ने निश्चित छ। अहिले त झन् सजिलो छ, माओवादीसँग मतपत्र च्यात्न सफल अनुभवी विशेषज्ञहरु छन्। र फेरि त्यही मतपत्र च्यातिका बखत शौचालयमा कविता वाचन गर्ने प्रमुख निर्वाचन अधिकृत र अँध्यारोमा अन्धाधुन्ध फैसला गर्ने अयोधीको अयोग्य निर्वाचन आयोगको जोडीबाट के नै पो आश गर्नु ?

अब भरतपुरमा पुनः मतदान पछिको मतगणनामा फेरि देवी ज्ञवालीले अग्रता लिए, माकेले मतपत्र च्यात्ने निश्चित छ। अहिले त झन् सजिलो छ, माओवादीसँग मतपत्र च्यात्न सफल अनुभवी विशेषज्ञहरु छन्। र फेरि त्यही मतपत्र च्यातिका बखत शौचालयमा कविता वाचन गर्ने प्रमुख निर्वाचन अधिकृत र अँध्यारोमा अन्धाधुन्ध फैसला गर्ने अयोधीको अयोग्य निर्वाचन आयोगको जोडीबाट के नै पो आश गर्नु ? आश त अदालतले मार्दियो, जब लोकतन्त्रको मेरुदण्ड निर्वाचन प्रक्रियामाथिको बलात्कारलाई सर्वोच्च अदालतले वैध ठहर गरिदियो। कानुन हेर्ने गोपाल पराजुलीको सर्वोच्चले पुनःमतदानको फैसला त सुनायो तर कति पटकसम्म पुनः मतदान गर्ने मिल्ने भनी आदेश भएन। माननीयज्यू, हामी भरतपुरवासीले महारानीलाई विगतमा पनि हराएका हौं । र, पटकपटक हराउन तयार छौं। तर, तपाईले यो भनिदिनुस् कि कति महारानीलाई कतिपटक हराउनुपर्ने हो। र, कतिपटक हारेपछि उहाँले हार स्वीकारी बक्सन्छ ?

अत्यमा, भरतपुर- १९

आज भरतपुर- १९ का जनता एक प्रकारको असमन्जस छन्। समयले भरतपुर १९ को जनताको इजालसमा नेपाली न्याय व्यवस्था, राज्यव्यवस्था र नेपाली लोकतन्त्रलाई उभिएको छ। राज्यव्यवस्था र न्यायपालिकालाई सच्याउने र बचाउने महान अभिभारा भरतपुर १९ लाई छ।

भरतपुरमा २९ वटा वडाहरु थिए तर माओवादीले मतपत्र च्यात्न भरतपुर १९ नै रोज्नुको कारण के हो ? भरतपुर १९ जनजाति र दलित बाहुल्य भएको बस्ती हो। यो नेपाली कांग्रेसको पारम्परिक गढ पनि हो। दलित, जनजाति सोझा हुन्छन र गठबन्धनका नाममा भरतपुर १९का जनतालाई सजिलै प्रभावित गर्ने सकिन्छ भन्ने हाइपोथेसिसले गर्दा मतपत्र च्यातन भरतपुर १९ रोजियो।

इतिहासको यो घडीमा चुक्ने छुट भरतपुर १९ लाई छैन किनकी भरतपुर १९ नै नेपाली लोकतन्त्रको अन्तिम आश हो। भरतपुरमा २९ वटा वडाहरु थिए तर माओवादीले मतपत्र च्यात्न भरतपुर १९ नै रोज्नुको कारण के हो ? भरतपुर १९ जनजाति र दलित बाहुल्य भएको बस्ती हो। यो नेपाली कांग्रेसको पारम्परिक गढ पनि हो। दलित, जनजाति सोझा हुन्छन र गठबन्धनका नाममा भरतपुर १९का जनतालाई सजिलै प्रभावित गर्ने सकिन्छ भन्ने हाइपोथेसिसले गर्दा मतपत्र च्यातन भरतपुर १९ रोजियो। तर, प्रजातान्त्रिक योद्धा बखानसिंहको भूमि,चेतनशील भरतपुर १९ का जनताले माकेको यो चाललाई विफल बनाउने देखिन्छ। भरतपुर १९ का जनताले बुझेका छन्, जागेका छन्। जनताका मत मात्रै जलेका छैनन् मन पनि जलेको छ र भरतपुर १९लाई जलाउनेको होइन मलम लगाउनेको खाँचो छ। मलम लगाउन देवी ज्ञवाली तयार छन् ।

विवेकलाई बन्धक नबनाई राजनीतिक कर्तव्यको साङ्लाहरुलाई चुँढेर लोकतन्त्र बचाउने कर्तव्यपथमा भरतपुर १९ अटल र अडिग छ। यो महान अभिभारा पूरा गरि सकेपछि भबिष्यमा भरतपुर १९ का हरेक मतदाताले आफ्ना सन्ततिहरुलाई सगर्व भन्नेछन् कि मैले न्यायका पक्षमा देवी ज्ञवालीलाई मत दिएको थिएँ ।

लेखक भरतपुरका विद्यार्थी नेता हुन् ।