
काठमाडौं, १८ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवम् कांग्रेसबाट समानुपातिक सांसद आरजु राणा देउवाले आफ्नो राजनीतिक कर्मक्षेत्र बर्दियालाई बनान लागेकी छिन् ।
पहिला डडेलधुरामा केन्द्रित आरजुको ध्यान पछिल्लो समय बर्दियातर्फ मोडिएको छ । बर्दियालाई आफ्नो निर्वाचन क्षेत्र बनाउन जग राख्ने कार्यको आरम्भ भएको छ । घटना र विचार साप्ताहिकले समाचार छापेको छ ।
जानकारीअनुसार आफ्नी माता एवम् राप्रपा नेतृ प्रतिभा राणालाई जापानका लागि राजदूत नियुक्त गरेर पठाउनु र बर्दिया कांग्रेसका नेता सञ्जय गौतमलाई सिँचाइ मन्त्री बनाउनुको मूल कारण आरजु राणा देउवालाई बर्दियाको ढोका खोलेको बताइन्छ ।
प्रतिभा राणाले बर्दियालाई आफ्नो निर्वाचन क्षेत्र बनाउँदै आएकोमा प्रतिभा राजदूत बनेर गएपछि चार वर्षसम्म सक्रिय राजनीतिमा फर्किने सम्भावना क्षिण छ ।
राप्रपाको कोटा पारेर प्रतिभालाई जापानको राजदूत बनाइएको भए पनि उनलाई राजदूत बनाउन शेरबहादुर देउवा र आरजु राणा देउवाको प्रमुख भुमिका थियो ।
बर्दिया कांग्रेसका सभापति समेत रहेका प्रतिभाशाली युवा नेता सञ्जय गौतमलाई मन्त्री बनाउन पनि आरजु र शेरबहादुर देउवाको मुख्य योगदान रहेको बुझिन्छ ।












प्रतिक्रिया