१५ कार्तिक २०८३, आइतबार

यी हुन् एमालेलाई ‘नाश’ गर्न अपील गर्ने बहालवाला मन्त्री, एमालेसँग बदला लिने

5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजविराज, १८ साउन । सूचना तथा परामर्श केन्द्रको अनुगमन तथा निरीक्षणमा आएका श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मंसुरले नेकपा (एमाले)लाई प्रदेश नम्बर २ मा पराजित गरेर बदला लिनुपर्ने बताएका छन् ।

सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तरगत सूचना तथा परामर्श केन्द्रको निरीक्षणमा जानु अघि राजविराजस्थित जिल्ला पार्टी कार्यालयमा भेला भएका कार्यकर्तालाई सम्बोधन गर्दै मन्त्री मन्सुरले यस्तो निर्देशन दिएका हुन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

अगुवा कार्यकर्तालाई निर्देशन दिनुहुँदै उहाँले मधेसी जनताको राष्ट्रियतामाथि प्रश्न चिन्ह उठाउने र अपमान गर्ने एमालेलाई पराजित गरेर मधेसी जनताले बदला लिनुपर्नेमा जोड दिए ।

द्रौपदीको अपमान गर्ने रावण र सीताको अपमान गर्ने कौरवको वंशनाश गरे झै एमालेलाई मतदानमार्फत् नाश गर्न मन्त्री मन्सुरले कार्यकर्तालाई निर्देशन दिए ।

कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका मन्सुरले एमालेसँगै मधेसी दलका नेतालाई पनि आक्रमणको तारो बनाए ।

मशाल लिएर आएको पार्टीको राजनीतिक यात्रा साइकल, तालाचाबी, रेल बन्दै गएको भन्दै उनले मधेसी जनताको अधिकारका लागि सिन्को पनि नभाँच्ने मधेसी दलका नेताले मन्त्री र सम्पतिका लागि मात्र कुद्ने गरेको आरोप लगाए ।

हरेक पटक सरकार गठनका क्रममा राति १२ बजे नयाँ पार्टी गठन गर्ने मधेस केन्द्रित दलका नेताहरुले पार्टी फुटाउँदै मन्त्री बन्नु बाहेक अर्को काम नगरेको जिकिर गरे ।

पहिलो संविधानसभामा राम्रो मत पाए पनि मधेसीको अधिकार स्थापित हुने गरी संविधान नलेख्ने मधेसको मसिहा भनिनेहरुले दोस्रो संविधानसभामा अधिकार लेखिने बेलामा संसद छाडने तर तलबभत्ता नछाडने प्रवृत्ति देखाएको बताए ।

‘संविधान जारी भएपछि पसल बन्द हुने भयले मधेस केन्द्रित दलहरुले संविधानविरुद्ध विष वमन गरे, झुठो बोले’, मन्त्री मन्सुरले भने ।