१५ कार्तिक २०८३, आइतबार

बालबालिकाको आँखामा क्यान्सरको खतरा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Close up of a young child’s eye

काठमाडौं, १७ साउन । बालबालिकामा आँखाको क्यान्सरको खतरा बढ्दै गएको छ ।

आँखा रोगबारे चेतना नहुनुजस्ता कारणले आँखै काटेर फाल्नुपर्ने अवस्थामा बिरामी अस्पताल आइपुग्ने गरेको तिलगंगा आँखा प्रष्ठिानको अन्कोलोजी विभागका विशेषज्ञ डाक्टर बेन लिम्बूले बताए । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

पाँच वर्षमुनिका बालबालिकाको आँखाको पर्दामा हुने सम्पूर्ण क्यान्सरले बालबालिकामा हुने सम्पूर्ण क्यान्सरको पाँच प्रतिशत ओगटेको उनले बताए ।

विश्व स्स्वास्थ्य संगठनको तथ्यांकअनुसार आँखाको क्यान्सर २० हजार नवजात शिशुमध्ये एक जनामा देखिन्छ ।