१५ कार्तिक २०८३, आइतबार

राजीनामा दिन पुगेका श्रेष्ठलाई प्रधानमन्त्रीले फकाएर पठाए

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १७ साउन । पदबाट राजीनामा दिन कार्यालयबाट बिदा भएर सोमबार सिंहदरबार पुगेका महान्याधिवक्तालाई प्रधानमन्त्री शेरबहादुर देउवाले अझै केही समय पर्खन भन्दै फर्काएका छन् ।

महान्यायधिवक्ता रमणकुमार श्रेष्ठ दिउँसो साढे चार बजे राजीनामा दिने भन्दै कार्यालयबाट बाहिरिएका थिए । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

तर, प्रधानमन्त्री कार्यालयबाट फर्केका श्रेष्ठले पुनः महान्यायधिवक्ता कार्यालय पुगेर प्रधानमन्त्रीलाई भेटेर मात्र फर्किएको जानकारी गराए ।

श्रेष्ठले भने, ‘मैले राजीनामाको कुरा गर्दा प्रधानमन्त्रीले अकिले पर्खनुहोस् भन्नुभयो ।’