२ कार्तिक २०८३, सोमबार

भरतपुरमा फेरि चुनाव गर्ने फैसलाको बाबुरामले गरे यस्तो ब्यंग्य

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ साउन । चितवनको भरतपुर महानगरपालिकामा फेरि चुनाव गर्ने सर्वोच्च अदालतको आदेशको नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले व्यंग्यात्मक शैलीमा विरोध जनाएका छन् ।

भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्ने सर्वोच्च अदालतको फैसला आएपछि भट्टराईले सामाजिक सञ्जालमा व्यंगात्मक टिप्पणी गरेका हुन् । नियोजित ढंगले मतपत्र च्यात्नेलाई पुरस्कार दिइएको भन्दै डा. भट्टराईले सर्वोच्चको यस्तो फैसलाले गलत नजिर टिप्पणी गरेका छन् ।

‘चुनाव हार्ने भएपछि नियोजित ढंगले मतपत्र च्यात्नेलाई पुनःमतदानको पुरस्कार मिल्ने हो भने कस्तो नजीर बस्ला ? अब जनताले नै फैसला गर्नुपर्ने भो !’ भट्टराईले ट्वीट गर्दै भनेका छन् ।