
काठमाडौँ, १५ साउन । नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री नविन्द्रराज जोशी हृदयाघात भएको छ ।
हृदयाघात भएपछि उनलाई महाराजगन्जस्थित शिक्षण अस्पतालको मनमोहन कार्डियो भाष्कुलर सेन्टरमा भर्ना गरिएको छ । अचानक छाती दुखेपछि उनी अस्पताल पुगेका थिए ।
हृदयाघात भएपछि उनलाई एनजियोप्लाष्ट गरिएको छ । अहिले उनको अबस्था सामान्य रहेको स्वकीय सचिव पुष्कर जोशीले जानकारी दिए ।















प्रतिक्रिया