२९ आश्विन २०८३, बिहिबार

गृहमन्त्री शर्मामाथि संसदमै खनिए मधेसी सांसद, विभेद नगर्न चेतावनी (भिडियो)

4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संघीय समाजवादी फोरम नेपालका सांसद अभिषेकप्रताप साहले राज्यले मधेसीमाथि विभेद गरेको आरोप लगाएका छन् ।

भर्खरै सप्तरी र पर्साका एसपीलाई आर्थिक अनियमितताको आरोपमा गृह मन्त्रालयले सरुवा गरेको प्रसंग निकाल्दै सांसद साहले निराधार आरोप लगाई उनीहरुलाई मधेसी भएकै कारण हेडक्वार्टर तानेको भन्दै यस्तो विभेद नगर्न गृहमन्त्री जनार्दन शर्मालाई चेतावनी दिए ।

सांसद साह बोल्दा गृहमन्त्री शर्मा पनि सोही सदनमा उपस्थित थिए र उनको कुरा सुनिरहेका थिए । ‘आफ्नो कार्याकाल पूरा नगरीकन गृह मन्त्रालयले उनीहरुलाई फिर्ता गर्यो । किनकि उहाँहरु मधेसी मुलको एसपी थिए । यस्तो किसिमको भेदभाव राज्यले, हाम्रो सिस्टमले नै यदि गर्छ भने यो देशको के होला सभामुख महोदय ? यस्तो आधारहिन रवैया नबोकोस राज्यले,’ गृहमन्त्रीतर्फ हेर्दै साहले भने ।

भिडियोः