२ कार्तिक २०८३, सोमबार

नेपालको संसदमा उठ्यो आवाजः दोक्लाम चीनको भूमी, भारतीय सेना अविलम्ब हट्नुपर्छ

12.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांसद अनुराधा थापामगर ।

काठमाडौं, १५ साउन । दोक्लाम प्रकरणलाई लिएर भारत र चीनबीच बढ्दो तनावको विषय नेपालको व्यवस्थापिका संसद पुनः एकपटक प्रवेश गरेको छ ।

आइतबार संसदको विशेष समयमा बोल्दै नेपाल मजदुर किसान पार्टीकी सांसद अनुराधा थापामगरले दोक्लामलाई चिनियाँ भुमी भन्दै भारतीय सेना अविलम्ब फिर्ता हुनुपर्ने माग गरिन् ।

अमेरिकी साम्राज्यवाद एसियामा तेस्रो विश्वयुद्ध गराउने योजना गरिरहेको भन्दै सांसद थापाले भारत त्यसको कठपुतली बनेको आरोप लगाइन् ।

चीनले आफ्नो भूभागमा सडक निर्माण गर्दा पञ्चशीलको सिद्धान्त विपरित भारतीय सेना चीनको भूभागमा पुगेका कारण दुई देशबीच तनाव उत्पन्न भएको उनले बताइन् । दोक्लाम प्रकरण चिनियाँ अडान उचित रहेको उनको भनाई छ ।

यस्तै, सांसद थापाले दक्षिण एसियामा छाडा साँढे बन्ने सपना त्याग्न र सबै मित्र तथा दक्षिण एसियाली छिमेकी मित्रसँग मैत्रीपूर्ण सम्बन्ध राख्न भारतलाई सुझाव पनि दिइन् ।

यसअघि एमाले सांसद युवराज ज्ञवालीले दोक्लम प्रकरणलाई संसदमा उठाएका थिए । उनले नेपालले साझा धारणा बनाएर वार्ताका माध्यमबाट समाधान खोज्न जोड दिनुपर्ने सुझाएका थिए ।

भिडियोः