– सुदीप नउिरे
क्वालालम्पुर, १५ साउन । बैदेशिक रोजगारीका लागी मलेसिया आउने भन्दा घर फर्कने नेपालीहरु धेरै भेटिएका छन । मलेसिया सरकारले सार्बजनिक गरेको एक तथ्यांक अनुसार बिगत १८ महिनामा ७८ हजार १० जना नेपाली कामदारले मलेसिया छाडेको देखिन्छ । मलेसिया सरकारले फर्किएका बैधानिक कामदारको मात्र तथ्यांक सार्बजनिक गरेको हो । सार्बजनिक गरिएको तथ्यांकमा अबैधानिक कामदारहरुको तथ्यांक भने जोडीएको छैन् । मलेसियास्थित नेपाली राजदुतावासका अनुसार दैनिक ५० जना भन्दा बढीले नेपाल फर्कनका लागी यात्रा अनुमति पत्र लिने गरेका छन ।
यात्रा अनुमति पत्र करार अबधि बाकी रहेका बैधानिक कामदार तथा करार अबधि भैकनपनि तोकिएको कम्पनि छाडेर अबैधानिक बनेका दुबै थरि कामदारले लिने गरेको भेटिन्छ् । मलेसियामा शनिवार र आईतबार सरकारी बिदा हुने हुनाले सोमबार र मंगलबार ५० जना देखि झण्डै एकसय ५० जनासम्म नेपाली कामदारले घर फर्किनको लागी कागजात तयार पार्न आउने गरेको यहांस्थित नेपाली राजदुत डाक्टर निरंजनमान सिंह बस्न्यात बताउंछन ।
मलेसियाबाट घर फर्किने नेपालीहरु अहिले पनि चर्काे मुल्य तिरेर घर फर्किने गरेका छन् । मलेसियाका बिभिन्न ठाउंबाट लुकिछिपी क्वावालम्पुरका बिभिन्न होटलमा आईपुग्ने गरेका नेपालीहरुले २ हजार रिंगेट देखि झण्डै ३ हजार रिंगेट सम्म तिरेर घर फर्किने गर्दछन् । यसैवीच झण्डै २ बर्षको अन्तरालमा मलेसियामा अलपत्र ८ सय २३ जनालाई नेपाल फर्काईएको छ । बिभिन्न कारणले जेल परि घरफिर्ती केन्द्रमा स्थानान्तरण गरिएकाहरुलाई यहांस्थित नेपाली राजदुतावासले एकतर्फि हवाई टिकट उपलब्ध गराएर नेपाल फर्काएको हो ।
डेढबर्ष अघि झन्डै २१ लाख ३५
बिगत १८ महिनाको यस अबधिमा नेपाली कामदार मात्र होईन रोजगारीको लागी मलेसिया आउने सबै मुलुकका कामदारहरुको ठुलो संख्या आ-आफ्नो मुलुक फर्केको तथ्यांकले देखाउंछ । भर्खरै सार्बजनिक गरिएको एक रीपोर्ट अनुसार बिगत १८ महिनामा ईण्डोनेसियन ९० हजार ९ सय ३ जना , बंगलादेशी ५० हजार ९ सय ४७ जना , म्यानमारबाट आएका १५ हजार ९ सय १८ जना र भारतीय कामदार २१ हजार ४ सय ६६ जनाले मलेसिया छाडेका छन ।
अघिल्लो कुल संख्यामा ब्यापक मात्रामा कमि आएको भएपनि स्वदेश फर्केको अनुमान गरिएकाहरु, स्वदेश नफर्किकन मलेसियामानै अबैधानिक हैसियतमा बसेको पनि हुन सक्ने आकलन गरिएको छ ।
सन २०१६ को जनवरीसम्ममा मलेसियामा रहेका बैधानिक कामदारको तथ्यांक र अहिलेको पछिल्लो तथ्यांक यस्तो छ:
ईण्डोनेसियन् – ८ लाख १९ हजार ७ सय ७३ जना -७ लाख २८ हजार ८ सय ७० जना ।
नेपाल- ४ लाख ८३ हजार ९ सय ८ जना -४ लाख ५ हजार ८ सय ९८ जना
बंगलादेशी- २ लाख ७२ हजार ३६ जना -२ लाख २१ हजार ८९ जना
म्यानमार- १ लाख ४३ हजार ६ सय २३ जना -१ लाख २७ हजार ७ सय ५ जना
ईण्डीयन- १ लाख ३५ हजार ९ सय २१ जना, -१ लाख १४ हजार ४ सय ५५ जना
यस उल्लेखित् तथ्यांक लगाएत पछिल्लो पटक सार्बजनिक गरिएको स्रोत मुलुकहरुका बैधानिक हैसियतमा रहेका कामदारहरु , पाकिस्तानी ५९ हजार २ सय ८१ जना, फिलीपिनो ५६ हजार १ सय ५३ जना, भिएतनामी २९ हजार ३९ जना र चाईनिज १५ हजार ३ सय ९९ जनाले अहिले मलेशियामा रोजगारी गरिरहेका छन् । यसैगरि थाईल्याण्डका कामदार १२ हजार ६ सय ३ जना, श्रीलंकनहरु ५ हजार ९ सय ६४ जना , कम्वोडियनहरु ५ हजार १ सय ३ जना र लाओसबाट आएका ३९ जना कामदारले यहां काम गरिरहेका छन् ।
मलेसियाबाट बिदेशी कामदार पलायन हुनुको पछाडी मलेसियाको कमजोर सुरक्षा ब्यबस्था,चर्को मुल्य

















प्रतिक्रिया