२९ आश्विन २०८३, बिहिबार

यूएई लगेर म्यानपावरले बिचल्ली बनायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baideshik-rojgariअर्जुन दाहाल

दुबई । केएफसी दुबईमा काम गर्न भनेर आएका झापाका एक नेपाली शारजाह एयरपोर्टमा अलपत्र परेका छन् ।

झापा अर्जुन धाराका राकेश गौतम सोमबार बिहान नेपाली समय १० बजेको एयर अरेबीयाको जहाजबाट यूएईको समय १ बजे शारजाह एयरपोर्टमा आएका थिए । उनीसहित ३० जनाको समूहमा नेपालबाट आए पनि उनलाई शारजाह प्रहरीले विशेष चेकजाँच गरेको थियो । गौतमका अनुसार उनको भिसा र फोटोमाथि संका लागेर प्रहरीले सोधपुछ गरेको र सो कारणले उनलाई एयरपोर्टबाट बाहिर आउन दिउँसोको ३ बजेको थियो । त्यो बेलासम्म उनका सबै साथीहरुलाई कम्पनीले लगिसकेको र आफू त्यहीं एयरपोर्टमा छाडिएको गौतमले बताएका छन् ।

दुबई काम गर्न पठाउने काठमाडौंस्थित सान ईन्टरनेशनल म्यानपावर कम्पनीले पनि वेवास्ता गरेको उनी बताउँछन् । उनका अनुसार म्यानपावरका डिप्लोयमेन्ट ईन्चार्ज कृष्ण कुँवरसँग उनको नातेदारले दुबईबाट सम्पर्क गर्दा कम्पनीको मान्छेलाई जानकारी गराएको र कम्पनीको मान्छे लिन आउँछ भनेर उनलाई एयरपोर्टमा बस्न लगाए । तर रातभर बस्तापनि कम्पनीको मान्छे लिन आएन । फेरी आज दिउँसो पनि कुरा गर्दा म्यानपावरका व्यक्ति कुँवरले १५ मिनट भन्दै दिन दिनभर एयरपोर्टमा कुराए, तर पनि कम्पनीको मान्छे लिन आएन । आजसाँझमा पनि उनी कम्पनीको मान्छे लिन आउँछ भनेर कुरिरहेका छन् ।