१५ कार्तिक २०८३, आइतबार

कांग्रेस सांसद भाटलाई कारबाहीको सिफारिस, फुत्किन सक्छ सांसद पद !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


कैलाली, १५ साउन । गुटबन्दी गरेर पार्टीलाई कमजोर पार्न खोजेको भन्दै कांग्रेस गोदावरी नगर समिति कैलालीले सांसद दीर्घराज भाटसहित अत्तरियाका ६ जना नेता तथा कार्यकर्तालाई कारबाही गर्न जिल्ला समितिलाई सिफारिस गरेको छ ।

अत्तरियाका स्थानीयसमेत रहेका सांसद भाट, महाधिवेशन प्रतिनिधि उत्तम कठायत र रामचन्द्र ओझा, जिल्ला समति सदस्य बसन्त रोकाया, किसान संघका जिल्ला अध्यक्ष टीकादत्त जोशी र पूर्वक्षेत्रीय सदस्य धनीराम पनेरुलाई साधारण सदस्य नरहने गरी कारवाही गर्न नगर समितिले सिफरिस गरेको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।