१ कार्तिक २०८३, आइतबार

दक्षिण कोरियामा रहेका आप्रबासीको तथ्याङ्क सार्वजनिक, नेपाली कति ?

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अर्जुन बराल

सोल, १४ साउन । दक्षिण कोरिया सरकारले आफनो देशमा बसोबास गरिरहेका आप्रबासीको संङख्यामा प्रत्येक बर्ष बृद्धि भएको तथ्याङ्कलार्ई आधार मानेर पछिल्ला दश बर्षको आँकडाको आधारमा आप्रबासीको एकिन संङख्या कोरियाको न्याय मन्त्रालयले पत्ता लगाएको छ ।

कोरियाको कुल जनसंङख्याको चार प्रतिशत अर्थात २० लाख चालीस हजारको हाराहारीमा बिभिन्न पेशा ब्यबसायलाई अबलम्बन गरि कोरियामा रोजगार प्रक्रिया प्रणाली लागु भएका राष्ट्र एंवम त्यो भन्दा बाहिरी मापदण्डबाट कोरिया प्रबेश गरेका अन्य राष्ट्रका नागरिकको समेत गणना गरि उनीहरुको बिबरण तयार पारि राष्ट्रिय तथ्याङ्क बिभागले सरकारलार्ई जानकारी गराएको हो ।

कोरिया सरकारले राष्ट्रिय तथ्याङ्क बिभागको बिबरण मुताबिक प्रकाशन गरेको सुचना अनुसार सन् २००६ देखि लगातार भियतनामीहरुको संङख्या उच्च रहेकोमा बितेको दुई बर्र्र्ष यता एक्कासी घटेर कुल आप्रबासीको ७.३ प्रतिशतले दोस्रो स्थानमा रहेको छ । रोजगार प्रक्रिया प्रणालीको मापदण्ड लागु भएको जनगणतान्त्रीक चीनबाट १०,१६,६०७ अर्र्र्थात कुल आप्रबासीको ४९.६ प्रतिशले अग्रभागमा रहेको छ । त्यस्तै संयुुक्त अधिराज्य अमेरिकाका १,४०,२२२ नागरिक सहित कोरियामा रहने आप्रबासीमा तेस्रो स्थानमा छ भने थाईल्याण्ड १,००,८६० फिलिपिन्स ५६,९८० उज्वेकिस्तान ५४,४९० को संङख्यामा क्रमश चौथो,पाँचौ र छैठौ स्थानमा रहेका छन भने दक्षिण कोरिया राष्ट्रिय प्रहरीले भबिष्यमा कोहि कतै अपराधीक पृृष्ठभुमीमा आबद्ध नरहुन भनी सबै माथि निगरानी बढार्ईएको छ ।

आप्रबासीहरुलार्ई बिभिन्न नयाँ योजनासहित दक्ष कामदारको सुचीमा अबलम्बन गरि कोरियामा नै रहन आर्कषण गरिएका नयाँ नियम लागुु भएको कोरिया सरकारले जनाएपनि ओर्र्ईसिडीको तथ्याङ्कमा जनाएअनुसार सन् २०१७ को अप्रिलसम्म आईपुुग्दा चौबिस बर्र्षसम्मका युवायुवतीको बेरोजगार संङख्यामा क्रमश बृद्धि भै ११.२ प्रतिशतमा पुगेको देखाउँछ भने बिज्ञहरु कोरियामा आप्रबासीका निम्ति दिर्र्घकालीन योजना ल्याउँदा कोरियामा युुवा बेरोजगार बृद्धि हुन सक्ने तर्फ सचेत हुन आग्रह गरेका छन् । सो तथ्यांकमा २ लाख भन्दा बढी नेपाली कामदारका रुपमा कोरियामा रहेका छन् ।