१५ कार्तिक २०८३, आइतबार

देउवा सरकारले सार्वजनिक सवारीको भाडा वृद्धि गर्दै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १४ साउन । नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरेर सार्वजनिक सवारी भाडा वृद्धि गर्न लागिएको छ ।

विगतमा पनि चाडपर्वको अवसरमा सवारी साधनको संख्या नियन्त्रण गरेर यातायात व्यवसायीले यात्रुबाट मनलाग्दी भाडा असुल्दै आएका थिए ।

तर, यसपटक भने यातायात व्यवस्था विभाग र नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले आपसमा मिलेमतो गरेर भाडा समायोजनको बहानामा सार्वजनिक भाडादर वृद्धि गर्ने तयारी गरेका हुन् ।

विभागका अनुसार समितिले भाडा समायोजनका लागि तीव्र गतिमा प्रतिवेदन तयार गरिरहेको छ । गोरखापत्र दैनिकले समाचार छापेको छ ।