१५ कार्तिक २०८३, आइतबार

उपेन्द्र यादवले बाबुरामलाई चुनाव चिन्ह नदिने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १४ साउन । स्थानीय तह चुनावमा तालमेल गर्दा ठाउँ ठाउँमा पराजित हुनुपरेको निष्कर्षमा पुगेको संघीय समाजवादी फोरम नेपालले अब उपरान्त नयाँ शक्ति पार्टी नेपाललाई आफ्नो चुनाव चिन्ह प्रयोग गर्न नदिने भएको छ ।

समाजवादी फोरमको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो । नागरिक दैनिकले समाचार छापेको छ ।

बैठकमा पार्टीका केन्द्रीय नेतामध्ये अधिकांशले नयाँ शक्तिसँगको कार्यगत एकताबाट पार्टीलाई घाटा भएको विश्लेषण सुनाए ।

निर्वाचन आयोगले पार्टीगत हैसियतमा चुनाव चिन्ह नदिएपछि नयाँ शक्तिले पहिलो र दोस्रो स्थानीय तह निर्वाचनमा समाजवादी फोरमको चुनाव चिन्ह हातले बोकेको मसाल प्रयोग गरेको थियो ।