२९ आश्विन २०८३, बिहिबार

प्रतिपक्षीसँगको गठबन्धन तोड्दै नीतिस कूमार पुनः मुख्यमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पटना, १३ साउन । जनता दल (यूनाइटेड)का नेता नीतिश कूमार भारतीय प्रतिपक्षी दलसँगको महागठबन्धनलाई तोड्दै भारतीय जनता पार्टी (भाजपा)को समर्थनमा बिहीबार पुनः बिहारको मुख्यमन्त्री बन्नुभएको छ ।

उहाँले राजनाथ भवनमा बिहीबार नै सपथ लिनुभएको छ ।

त्यसैगरी भाजपाका सुशिल कूमार मोदीले पनि उपमुख्यमन्त्रीका रूपमा आजै सपथ लिनुभएको छ । दुवै जनाले भारतीय संसदबाट बहुमत सिद्ध गर्नुपर्ने कानूनी प्रावधान अनुसार शुक्रबार नै संसदमा विश्वासको मत रहेको पुष्टि गर्नुपर्नेछ ।

दुवै जनाले भारतीय संसदबाट बहुमत सिद्ध गर्नुपर्ने कानूनी प्रावधान अनुसार शुक्रबार नै संसदमा विश्वासको मत रहेको पुष्टि गर्नुपर्नेछ ।

कूमारले भाजपासँगको सन् २०१३ मा छुटेको सम्बन्धलाई पुनःस्थापित गर्दै सन् २०१९ मा हुने लोक सभाको निर्वाचनमा लागि भाजपासँग सम्बन्ध स्थापित गर्नुभएको हो । यसले निर्वाचनमा गहिरो प्रभाव पार्ने बताइएको छ ।

बिहारको राजनीतिमा चाणक्य भनेर बताइने ६६–बर्षीय कूमारले बिहारका चर्चित नेता लालु यादवको दल राष्ट्रिय जनता दल (आरजेडी) र भारतीय कँगे्रससँगको गठबन्धन तोड्दै बुधबार मुख्यमन्त्रीबाट राजीनामा दिनुभएको थियो । – पीटीआई