२९ आश्विन २०८३, बिहिबार

सबैका अगाडि किशोरीलाई नाङ्गै बनाएर …

4.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लाहोर । पाकिस्तानको मुल्तानमा एक किशोरीमाथि बलात्कारको आदेश दिएको आरोपमा २० जनालाई पक्राउ गरिएको छ ।

युवतीको दार्इले एउटी बालिकामाथि बलात्कार गरेका थिए । त्यसैको बदला स्वरुप पञ्चायतले बहिनीलाई बलात्कार गर्ने आदेश दिएको हो ।

प्रहरीका अनुसार दुवै पीडितका परिवार नातेदार हुन् । दुवै परिवारका व्यक्तिहरुले मिलेर यो आदेश दिएको बताइएको छ ।

प्रहरी अधिकृत अल्लाह बख्सले भने, ‘जिरगा गाउँको पञ्चायतले सजायको रुपमा १६ वर्षीया किशोरीको बलत्कार गर्ने आदेश दियो किनकी उनको दार्इले १२ वर्षीया बालिकाको बलात्कार गरेका थिए ।’

१३ वर्षीया बहिनीलाई काकाको छोराले बलात्कार गरेका थिए । यसको सजायका रुपमा जिरगाले उजुरीकर्तालाई अभियुक्तको बहिनीमाथि बलात्कार गर्न आदेश दिएको थियो । पञ्चायतको आदेशसँगै बहिनीको बलात्कार भएको थियो ।

पाकिस्तानी पत्रिका डनका अनुसार किशोरीलाई मानिसहरूको अगाडि उपस्थित हुन लगाएर सबैका सामू बलात्कार गरिएको छ ।

दुवै किशोरीका आमाले घटनाको विरोध गरेका थिए । पछि उनीहरूले प्रहरीमा उजुरी दिएका छन् । प्रहरीले घटनाका दोषीलाई कारबाही गर्ने जनाएको छ ।

प्रहरीले २५ व्यक्तिहरूमाथि मुद्दा दर्ता गरेको छ । किशोरी बलात्कार गर्ने युवक भने फरार छन् । – एजेन्सी