क्यालिफोर्निया । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद अमेरिकाको निर्वाचनमा अध्यक्षकी उम्मेदवार रबिना थापा पूर्वी राज्यहरुका मुख्य शहरहरुमा भेटघाट र चुनावी अभियान सम्पन्न गरी फर्किएकी छिन् ।
लङ्ग आइल्याण्ड, न्यूयोर्क, न्यू हेम्सार र कनेक्टिकटका नेपाली समुदाय तथा अन्य संघसंस्थाका प्रतिनिधिहरूसंग भेटघाट तथा चुनावी अभियानका विभिन्न टाउनहल मिटिङ्ग लगायत कार्यक्रम सम्पन्न गरी उत्साही भएर उनी फर्किकी हुन् ।
पूर्वका धेरै नखुलेका र हेर्दै बसेका समाजका अगुवा र मतदाताहरुले खुसी ब्यक्त गर्दै समर्थन गर्ने र इन्डोर्स गर्ने कार्य पनि भएको थियो ।
थापाका टिमका प्रचार र भेटघाटलार्इ तीब्रता दिनको लागि सान फ्रान्सिस्कोमा जुलाई ३०, दिनको १ बजे भब्य चुनावी कार्यक्रमको आयोजना गरिएको कुरा कार्यक्रम आयोजकहरुकी संयोजक कल्पना रानाभाटले बताइन् ।
कार्यक्रम भब्य बनाउन कल्पना रानाभाटको संयोजकत्वमा १३ सदस्य आयोजक समिति नै गठन गरिएको छ ।
कल्पना रानाभाटले रबिना थापा भनेको आफ्नो कास्की देखिको साथी मात्र नभएर पहिलादेखि नै नेपाली कांग्रेसको राजनीतिमा पारिवारिक घनिष्ठता भएकोले पनि रबिनालार्इ सघाउन पाउँदा खुसी लागेको बताइन् ।
रानाभाटले आफ्नो टिमको तर्फबाट सम्पूर्ण सान फ्रान्सिस्को बे एरियाका आम नेपाली समुदायलाइ उपस्थित भैदिएर रबिना थापा र उनका टिमका उम्मेदवारहरुको कुरा सुन्न, सुझाव, समर्थन सहयोग दिन समेत अनुरोध गरिन् ।
कायक्रममा उपाध्यक्षका उम्मेदवारहरु चर्चित लोक गायक सुमन बुढा मगर, टेक्सासको सुपरिचित भुवन आचार्य, सान फ्रान्सिस्को निवासी नारायण बन त्यसैगी महासचिवका उम्मेदवार महेश मल्ल, कोषाध्यक्षका उम्मेदवार डा प्रकाश अर्याल, लगायत बोर्ड सदस्यका उम्मेदवारहरु मोहन वाइवा (पूर्व नेपाल आर्मी मेजर, मन मोहन वाइबा), भविन्द्र शेरपुन्जा, कृष्ण जी सी, सबिन्द्र थापा, कर्ण चन्द, प्रकाश शर्मा, पुष्पलता भण्डारी, ख्याम लाल भट्ट लगायत थुप्रै उम्मेदवारहरु उपस्थित हुने छन् ।















प्रतिक्रिया