१५ कार्तिक २०८३, आइतबार

शिवम् सिमेन्टको ठगीलाई महानिर्देशकको संरक्षण

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

हेटौंडा, १२ साउन । उपभोक्ताहरुलाई लोभ देखाउदै विभिन्न उपहारहरु दिने घोषणा गरेर बजारमा आएका नेपालमा उत्पादित विभिन्न कम्पनीका सिमेन्टहरुमा तौल कम भएको फेला परेको छ ।

हेटौंडामा गोयल समूहद्धारा उत्पादित शिवम् सिमेन्टमा प्रति वोरा आठ किलोसम्म कम रहेको खुल्न आएको रहस्य सार्वजनिक भएको छ । कम्पनी रहेको नगर हेटौंडामै शिवम् सिमेन्टले उपभोक्ता ठगी गरेको कर्तुत फेला परेको हो । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

आफ्नो उत्पादनको वजार प्रवद्धन गर्ने विज्ञापनमा प्रति बोरामा ५ किलो तौल बढि राखिएको मात्र हैन २० बोरा सिमेन्ट किन्दा १ बोरा सित्तैमा दिने उर्दी जारी गरेर विज्ञापन गर्दै उपभोक्ता झुक्याउन तल्लिन रहेको शिवम् सिमेन्ट उद्योगद्धारा उत्पादित सिमेन्टका तौलमा व्यापक ठगि भएको पाइएको हो ।

उपभोक्ताको गुनासो बढेपछि बजार अनुगमनका क्रममा हेटौंडा वजारमा उपभोक्ता ठगि गर्ने नियतले कम तौल राखेको पत्ता लागेको छ । ठूला मिडिया हाउसहरुलाई विज्ञापन बाँडेर प्रभावमा राख्न सफल शिवम् सिमेन्टले नियमनकारी सरकारी निकायलाई समेत चित्त वुझाएका कारण दादागिरी शैलीमा उपभोक्ता ठगि गरिरहेको कतिपयले आरोप लगाएका छन् ।

कुनै कुरामा पनि नो कम्परमाइजका हावादारी कुरा गरेर उपभोक्तालाई भ्रममा राख्न सफल शिवम् सिमेन्ट उद्योगबाट उत्पादित सिमेन्टको तौल वारेमा गुनासो आएपछि आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले केहि दिन अगाडि काठमाडौंका डिलरहरुमा समेत अनुगमन गर्दा शिवम् सिमेन्टका ५० किलो अंकित बोरमा कुनैमा ४२ किलो, कुनैमा ४६ किलो कुनैमा ४४ किलो त कुनैमा ४८ किलो मात्र रहेको फेला परेको थियो ।

अनुगमन पछि शिवम सिमेन्टको ठगि धन्दा बाहिर आएको हो । विभागका महानिर्देशक कुमारप्रसाद दाहालले यसरी ठगि गर्ने उद्योगलाई कारवाही गरिने बताएका छन् । कालोवजारी ऐन वमोजिम कारवाही गरिने पनि महानिर्देशक दाहालले दावी गरेका छन् ।

तर, सरकारी संयन्त्रले कारवाही गरेर नागरिकलाई राहत हुने गरि कारवाही गर्छ नै भन्न सक्ने अवस्था चाहि छैन । ठगि गरिरहेको प्रमाण फेला परिसक्दा पनि विक्री माथि प्रतिवन्ध लगाइएको छैन ।

यसले के संकेत गर्छ भने सरकार कर्मकाण्ड पु¥याएर दोषीलाई जोगाउन तल्लिन रहेको छ । यता, शिवम सिमेन्ट उद्योगले आरोपलाई सिधै अवज्ञा गरेको छ । कम्पनीले २–४ किलो सिमेन्टमा लोभ नगर्ने भन्दै उम्कने दाउ रचेको छ ।

उद्योगका व्राण्ड मेनेजर केशव अर्यालले अरवौको कारोवार गर्ने आफ्नो उद्योगले २–४ किलो सिमेन्टको लोभ गर्नु नपर्ने बताए । वजारमा विक्री गरिने करोडौं बोरा सिमेन्टमा यहि चालाले ठगि गर्ने हो भने अरवौं रुपैयाँ ठगिवाट कमाउन सकिने तर्फ उनी नाजवाफ छन् ।

उद्योग व्यवस्थापनले डिलर र विक्रेताले यस्तो चोरी धन्दा गरेको हुन सक्ने आरोप लगाएर अरुमाथि दोष थोपर्दै पानीमाथिको ओभानो बन्न खोजेको छ ।

शिवम् सिमेन्टको ठगी धन्दालाई राज्यका निकायले निस्पक्ष छानविन गर्ने हो भने सत्य तथ्य कुरा स्वतः वाहिर आउने निश्चित छ । राज्य आफ्ना नागरिक प्रति उत्तरदायी छ भने यो प्रकरणलाई तत्काल कारवाही सुरु गर्नु पर्छ ।

त्यसो त शिवम् सिमेन्ट मात्र हैन वजारमा विक्री भइरहेका सबै कम्पनीको सिमेन्टको तौल र गुणस्तर परीक्षण गर्नु पर्ने जनआवाज उठेको छ । सिमेन्ट लगायत निर्माण सामाग्री छड (रड) जस्ता पातामा समेत कम तौल आउने गरेको गुनासो बेला–बेलामा आइरहँदा पनि प्रशासन मौन रहेको पाइएको छ ।