२९ आश्विन २०८३, बिहिबार

रुसमाथि अमेरिकाले लगायो नयाँ प्रतिबन्ध, राष्ट्रपति ट्रम्प तनावमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ साउन । अमेरिकी संसदको तल्लो सदनले राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोध रहेपनि रुसमाथि नयाँ नाकाबन्दी लगाउने प्रस्ताव पारित गरेको छ ।नयाँ विधेयकले रुससँग सम्बन्ध सुधार्ने राष्ट्रपति ट्रम्पको योजनालाई समस्यामा पार्न सक्छ ।

रुस, इरान र उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउन अमेरिकाको तल्लो सदनमा मतदान भएको हो । विधेयकको पक्षमा ४१९ मत विपक्षमा ३ मत मात्रै परेको थियो । यो विधेयकले रुससँग सम्बन्ध सुधार्ने राष्ट्रपति ट्रम्पका आशालाई समस्यामा पार्ने ठानिएको छ ।

सम्बन्ध जटिल मोडमा

रुसी संसद ड्यूमाको अन्तर्राष्ट्रिय मामिला समितिका सदस्य लेओनीड स्लुट्स्कीले अमेरिका रुसको सम्बन्ध नयाँ प्रतिबन्धले जटिल बनाउने बताए । विधेयक राष्ट्रपतिकहाँ हस्ताक्षर गर्न पठाउनु अघि सिनेटले पारित गर्नुपर्नेछ । ह्वाइटहाउसले उक्त विधेयक समीक्षा गरिरहेको बताएको छ ।

राष्ट्रपतिले त्यसमाथि भिटो लगाउलान् कि नलगाउलान् भन्ने स्पष्ट भएको छैन । यदि विधेयक सिनेटबाट पनि पारित भयो भने रुसप्रति झुकाव राख्ने भनिएका ट्रम्प समस्यामा पर्न सक्छन् ।

राष्ट्रपतिले भिटो अर्थात विशेषाधिकार प्रयोग गरेर विधेयक विफल बनाउन सक्छन् तर त्यसो गरे रुसप्रति ट्रम्पको समर्थन रहेको भन्ने आशंकालाई बल मिल्नेछ ।

अमेरिकाले यस अघि नै क्राइमिया प्रकरणमा रुसीहरुमाथि नाकाबन्दी लगाइसकेको छ । अमेरिकी निर्वाचनमा रुसी ह्याकिङ सम्बन्धमा गत डिसेम्बरमा पूर्व राष्ट्रपति ओबामाले ३५ रुसी कुटनीतिज्ञहरुलाई फिर्ता पठाइदिएका थिए । – बीबीसीबाट