१५ कार्तिक २०८३, आइतबार

मन्त्रिपरिषद आज विस्तार हुने, चार दलका १९ नेता थपिँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ११ साउन । प्रधानमन्त्री निर्वाचित भएको डेढ महिनापछि शेरबहादुर देउवाले बुधबार मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् ।

पार्टीभित्रै मन्त्रालय विवाद मिलाउन नसक्दा मंगलबार सरकार विस्तार गर्न नसकेका देउवाले बुधबार (आज) आफ्नै दल कांग्रेससहित सत्ता साझेदार दलका डेढ दर्जन नेतालाई सरकारमा सहभागी गराउन लागेका हुन् । नागरिक दैनिकले समाचार छापेको छ ।

देउवाले आज सरकार सञ्चालनकमा लागि कम्तीमा १८ सारथी थप गर्ने छन् । चार दलका १९ नेता सरकारमा थपिने निश्चित भएको देउवा निकट नेता विमलेन्द्र निधिले जानकारी दिए ।