
दमक, १० साउन । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वामित्वमा रहेको भनिएको हिमालय महालक्ष्मी चिया बगानले ११ वर्षदेखि कर नबुझाएको दमक नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले आर्थिक वर्ष ०६२/६३ देखि बगानले कर नबुझाएको बताएका हुन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
उनका अनुसार एकीकृत सम्पत्ति कर अन्तर्गत बगानले हालसम्म तीन करोड ८१ लाख ४१ हजार दुई सय ८४ रुपैयाँ ७५ पैसा तिर्न बाँकी छ ।
‘हामीले पटक पटक लिखित ताकेता गर्दासमेत बगान प्रशासनले बेवास्ता गर्दै आएको छ’, दाहालले भने ।












प्रतिक्रिया