३० आश्विन २०८३, शुक्रबार

ओखलढुंगा बस दुर्घटनाका घाइते भन्छिन् – ‘एउटा हातले रुख समातेँ, अर्कोले बच्चा’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Okhaldhunga-Jeep-Accident

काठमाडौं, ११ कात्तिक । गाउँमा टीका लगाउने कार्यक्रम बनाएका थियौं । म मेरो घर रामपुर ओखलढुंगा बाट भाइटीकाको अघिल्लो दिन मामाघर पुगेकी थिएँ ।

शनिबार भाइटीका सकेर जसरी पनि म आइतबार रामपुर पुग्नुथियो । तिहारमा टीका लगाएर र्फकने मानिसको सडकमा चहलपहल थियो ।

म पनि सदरमुका हुँदै रामपुर जान आइतबार गाडी पर्खेर बसेकी थिए । निशंखेबाट ओखलढुंगामात्र पुग्नसके त्यहाँबाट अर्को गाडी चढेर रामपुगर जान म गाडी कुर्न सडकमा निस्किएँ ।

थरथरे भन्ने ठाउँमा निकैबेर गाडी कुरेपछि धुलो उडाउँदै परबाट एउटा जिप आएको देखें ।

हामी तीनजना कुरेर बसेका थियौं । जिप रोकियो । यसो हेरेको जिपभित्र पाइलो राख्ने ठाउँ थिएन ।

चढौं कि नचढौं भनेर दुविधामा परे । गाडी साहुले ल छिटो चढनुहोस भने । तर कसरी चढ्ने ठाउँ नै थिएन । एक मन त नचढौ कि पनि जस्तो लागेको थियो ।

तर समयमै ओखलढुंगा नपुगे रामपुर जाने  गाडी छुट्थ्यो । त्यसैले होस् न त भनेर जिपमा चढें ।

जिप चढेपछि ड्राइभर र साहुबीच थप यात्रु  राख्ने नराख्नेबारे सामान्य छलफल भएको थियो । ड्राइभरले जिपले तान्न सक्दैन कि भनेर बढी आशंका गरेका थिए ।

अगाडिका दुई सिट र त्यसपछिका चारजना अट्ने सिटमा खचाखच मानिस थिए । त्यसपछाडिका सबै सिट निकालेर राखिएका थिए र ब्रोइलर कुखुरा बोक्ने गाडी जस्तो बनाइएको थियो ।

२५ जना यात्रु गाडीमा कुखुराजस्तै गरी कोचिएको थियो । गाडी भने सामान्य गतिमा गुडिरहेको थियो । गाडी अघिपछि जस्तै सामान्य रुपमा नै चलाइएको हुनाले कसैले दुर्घटना हुने भन्ने सोचेकै थिएन ।

अँधेरी नारायणथानको घुम्तीको उकालोमा पुगेपछि जिपले तान्न सकेन ।

जिप विस्तारै पछाडितर सर्न थाल्यो । पछिल्लो भागमा बसेका साहुले चालकलाई राम्ररी केयर गर है भन्दै थिए । त्यत्तिकैमा गाडी पछाडि सरेको सर्‍यै गर्‍यो र पल्टियो ।

म र सानो दुई वर्षको बच्चा रुखको बेदमा बजारिन पुग्यौं । मैले एक हातले रुख र अर्को हातले बच्चा समाते । अन्य घाइते ‘मरें नि आमा’ भनेर चिच्याइरहेका थिए । मलाई एकजना आएर तानेर माथि निकाले । केहीबेरपछि एम्बुलेन्सले म र बच्चालाई मिसन अस्पताल ओखलढुंगा पुर्‍यायो ।

घटनास्थल र अस्पतालमा गरेर ११ जनाको मृत्यु भएछ । मलाई पनि दोस्रो जुनी पाएजस्तै लागेको छ । कालको मुखमा पसेर फर्केर आएजस्तो भा’को छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ ।