३० आश्विन २०८३, शुक्रबार

सौता र लोग्नेस्वास्नी शब्दमा सभासदहरूको आपत्ति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BiCC_CA_Savasad1काठमाडौं, ११ कात्तिक । सांसदहरुले लैङ्गिक हिंसा विधेयकमा सौता र लोग्नेस्वास्नी शब्द परिवर्तनका लागि संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

संसदमा विचाराधीन लैङ्गकि हिंसा विधेयक माथि परेका ४४ मध्ये अधिकांश संशोधन महिलालाई सम्बोधन गरिने शब्दहरुमाथि परेका हुन् ।

हामीले महिला अधिकारकर्मी, अधिवक्ताहरुलाई बोलाएर छलफल र अन्तरक्रिया गरिरहेका छौं, विधायन समितिकी सभापति गंगा चौधरीले भनिन्, बिशेष गरी लोग्नेस्वास्नी, सौता, धर्मपुत्रपुत्री लगायत शब्दहरु संसोधन गर्न प्रस्ताव आएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

६० जना संसोधनकर्ताबाट शब्द र व्यवस्थाहरुमा संसोधन परेको उनले जानकारी दिइन् ।

शारीरिक यातना तथा यौनजन्य हिंसाको कसूर गर्नेलाई एक लाखदेखि तीन लाख रुपैयाँसम्म जरिवाना र एकदेखि आठ वर्षसम्म कैद हुने प्रस्ताव विधेयकमा छ ।

सांसदहरुले उक्त सजाय बढाएर पाँच लाखदेखि दश लाख रुपैयाँसम्म जरिवाना र आठदेखि दश वर्ष कैद हुने व्यवस्था हुनुपर्ने प्रस्ताव राखेका छन् ।

जरिवाना र कैद थोरैहुँदा पीडक हिंसा गर्न नडराउने भएकाले कारवाहीको ब्यवस्था कडा गर्नुपर्ने संसोधनकर्ता सांसदहरुको भनाई छ ।