१ कार्तिक २०८३, आइतबार

दीपक कार्कीको परिवारलाई युएईबाट आर्थिक सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


– मानबहादुर केसी

युएई । सुदूर पश्चिम सेवा समाज युएईले स्वर्गीय दीपक कार्कीको परिवारलाई ६२ हजार ३ सय ३० रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

आर्थिक सहयोग रकम सुदूरपश्चिम सेवा समाज युएईका भूतपूर्व अध्यक्ष चेत बहादुर थापा र धनीराम भण्डारीले कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालको कार्यकक्षमा धर्मपत्नी जानकीदेबी कार्कीलाई हस्तान्तरण गरेका हुन् ।

बझाङ जिल्ला खिरातडी २ घर भई अबुधाबीको किलिन्को ट्रेडिङ ईम्पोर्टइङ एण्ड सर्भिसेस नामक कम्पनीमा कार्यरत कार्कीको गत २६ अप्रिल २०१७ का दिन २९ वर्षको कलकलाउदो उम्मेरमा हृदयघातका कारण ज्यान गएको थियो ।

उक्त आर्थिक सहयोग रकम हस्तान्त्रण गर्दै प्रमुख जिल्ला अधिकारी रिजालले सुदूरपश्चिम सेवा समाज यूएईले गर्दै आएका समाज सेवाका कामहरुको खुलेर नै प्रशंशा गर्नुका साथै मानवीय कार्यमा पुगाउँदै आएको उल्लेखनीय योगदानको बारेमा सुनेर खुशी लागेको बताए ।

सहयोग रकम बुझ्दै स्वर्गीय कार्कीकि धर्मपत्नी जानकीदेबी कार्कीले दुःखद घडीमा सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरु र सुदूरपश्चिम सेवा समाज युएईप्रति आभार प्रकट गरिन् ।

दीपक कार्कीको परिवारमा आमा, बुवा, श्रीमती, तीन नाबालक छोरी र एक भाई छन् ।