२९ आश्विन २०८३, बिहिबार

अमेरिकामा वरिष्ठ साहित्यकार त्रिपाठीलाई समालोचक शिरोमणि पदले सम्मान

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

23

 विजय थापा

भर्जिनिया । अमेरिकाको डिसी महानगर क्षेत्रमा आयोजना गरिएको एक सम्मान कार्यक्रममा नेपालका वरिष्ठ साहित्यकार तथा त्रिभुवन विश्व विद्यालयका प्राडा वासुदेव त्रिपाठीलाई समालोचक शिरोमणि पदले सम्मान   गरिएको छ ।

नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपतिसमेत रहनु भएका उहाँलाई  अभिनन्दन कार्यक्रममा अमेरिकाबाट संचालित साहित्यिक बिधुतीय पत्रिका खसखस डटकमको तर्फबाट ।

24

उक्त अभिनन्दन कार्यक्रममा अनेसासका संस्थापक अध्यक्ष  होमनाथ सुवेदीले प्राध्यापक वासुदेव त्रिपाठीलाई नेपाली साहित्यका महाराजाको संज्ञा दिनुभयो ।

उपन्यासकार होमनाथ सुवेदीको अध्यक्षता तथा अभिनन्दित व्डा.कल्पना सत्यालको बैशको रुख कविता सग्रहको विमोचन एवं प्रस्तुत कृतिको टिप्पणी सह प्राध्यापक सोमनाथ धिमिरेले गर्नुभएको थियो ।
25
उक्त कार्यक्रममा प्रतियोगितात्मक वाल तथा वयस्क पनि समावेश गरिएको थियो भने प्रतियोगितात्मक कवि गोष्ठीका विजेता कवि तथा कवियत्री सबैलाई स्व. कवि चेतकान्त चापागाई स्मृति पुरस्कार नगद प्रमाण पत्र सहित वितरण गरिएको थियो ।

उक्त अभिनन्दन कार्यक्रम अमेरिका नेपाल साहित्य प्रतिष्ठानका अध्यक्ष साहित्यकार ,पत्रकार ,गीतकार गोविन्द गिरी प्रेरणाको संयोजकत्वमा अभिनन्दन समारोह समिति गठन गरिएको थियो ।

26