२८ आश्विन २०८३, बुधबार

थाई राजकुमारीले उद्घाटन गर्दै नेपाल महोत्सव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 Thailand-Nepal-festival
थाइल्याण्ड । गैरआवासीय नेपाली संघ (एन आर एन) थाइल्याण्डले पहिलो पटक थाइल्याण्डको राजधानी बैंककमा मे १७ मा आयोजना हुने ‘नेपाल महोत्सव २०१४’ को तयारी पुरा भएको जनाएको छ ।महोत्सव सुरुहुनुभन्दा ठिक एक हप्ता अगाडी बैंकक स्थित हिमालयन रेस्टुरेन्टमा पत्रकार सम्मेलन गरि उक्त कुरा जानकारी गराइएको हो ।
नेपाल महोत्सव २०१४ को उद्घाटन थाईलेन्डकी  राजकुमारी प्रापापान पनुवान कोर्नकोसियाज़ले गर्ने कार्यक्रम रहेको गैरआवासीय नेपाली संघ थाइल्याण्डका अध्यक्ष खगेन्द्र राज ढकालले पत्रकार सम्मेलन मार्फत औपचारिक जानकारी गराउनु भएको थियो। नेपाली समुदायको आयोजनामा भएको कार्यक्रममा राजपरिवारका सदस्य सरिक हुने यो इतिहाँसमै पहिल्लो पटक भएको बताइएको छ ।
थाई राजकुमारीले एन आर एन थाइल्याण्डको निम्तोलाई स्विकारिदिएकोमा थाईलेन्ड स्थित नेपाली समुदायको तर्फबाट  बक्तब्यमार्फत अध्यक्ष ढकालले हार्दिक कृतज्ञता चढाउनु भएको थियो। संस्कृतिक रुपमा धेरै कुरा मिल्ने नेपाली र थाई जनता बीच यस महोत्सवले झन् प्रगाड सम्बन्ध बनाउने र सम्भावित साझेदारीको लागि एउटा नया अवसरको सिर्जना गर्ने र नेपाललाई थाईलेन्ड र अन्तरास्ट्रिय समुदायसंग  चिनाउन यो महोत्सब कोसेढुंगा हुने ढकालले बताउनु भयो। थाईलेन्डको किङ्ग मोङ्ग्कुट बिस्वबिध्यालयमा अन्तरास्ट्रिय मामिला हेर्ने डेपुटी डीनको रुपमा कार्यरत  ढकालले आफुलाई   नेपाली समुदायका अतिरिक्त धेरै थाई साथीहरुले पनि महोत्सवलाई सफल बनाउन सहयोग  गरिरहेको  जानकारी गराउनु भयो।
एन आर एन थाइल्याण्डका  उपाध्यक्ष  एवम महोत्सब  तयारी समितिका संयोजक दिल बहादुर थापाले पत्रकार सम्मेलनमा जानकारी  दिए अनुसार, थाईलेन्ड स्थित नेपाली ब्यबसायीहरुको पनि उल्लेखनिय सहयोग रहेको छ । उक्त महोत्सवको लागि कोहसामुइ आइलेण्ड स्थित पिटर पौडेलको प्यराडाइज सामुइ भिल्ला  र बैंकक स्थित दिल बहादुर थापा (हरि) को  एम सेफ फूड ग्रुप  ले  बिशेस प्रायोजन गरेका  छन् भने  फुकेट स्थित राजेश खनालको राज कल्लेक्सन नामक टेलरिङ्ग  हाउसले डाइमण्ड  स्पन्सर गरेको छ।त्यस्तै गरेर  बैंकक स्थित  कुमार  कार्कीको स्टाइलो कलेक्सन , बैंकक स्कुल अफ म्यानेजमेन्ट, सोनु कुमारको बोस सुट ग्रुप , पताया स्थित  धर्मेन्द्र सुबेदीको पौल कोउचर, नेपाल एअरलाइन्स , आसाजिता अवालेको हिमालयन रेस्टुरेन्ट, जगदीपको बवार्ची रेस्टुरेन्ट  र एन आर एन थाईलेन्ड फुकेट ब्रान्चले गोल्ड स्पोन्सर गरेका छन्. त्यसै गरी  फुकेट स्थित  डेंग लिम्बुको डेनिअल कल्लेक्सन ले सिल्भर स्पोन्सर प्रायोजन गरेका छन्। व्यक्तिगत सहयोग गर्नेहरुमा बिजय अवाले, काजी श्रेष्ठ, गोना नरुला , निलिमा लिम्बु, ध्यान बहादुर राइ, रविन महर्जन लगायत छन् ।
Thailand-Nepal-festival1
उक्त महोत्सव सफल बनाउन नेपाली दूतावास, नेपाल वायुसेवा निगम थाई नेपाल चेम्बर अफ कमर्श, थाई नेपाली संघ रसंग समन्वय गरेर तयारी गरिएको एन आर एन थाइल्याण्डका माहासचिव केदार प्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो। पत्रकार सम्मेलनमा बोल्दै  तिमिल्सिनाले नेपालमा थाई पर्यटक प्रवद्र्धन गर्नुका साथै, दुई देशीय व्यापार, लगानी तथा साँस्कृतिक प्रवद्र्धन गर्नु महोत्सबको मुख्य  उद्देश्य भएको जनाएका छन्। जसका लागि महोत्सबमा नेपालीहरुले  हस्तकला सामाग्री, बुटिक, नेपालको प्राकृतिक सौन्दर्य तथा संस्कृति झल्कने फोटो तथा पेन्टिङको प्रर्दशनी गर्ने भएको जानकारी तिमिल्सिनाले पत्रकारहरुलाई  दिनुभयो।
महोत्सबको मुख्य आकर्सनको रुपमा मे १७ साँझ वीरेन्द्र जोशीको नेतृत्वमा विशेष साँस्कृतिक टोलीबाट अन्गुलिमाला नाच, शिवा तान्ड़प, कौडा नाच, शेर्पा नाच, आरती नाच, लाइभ सीतारा संगीत, कुमारी नाच, लाखेनाचसहितका विभिन्न गीत, संगीत तथा कला प्रस्तुत हुनेछ जसका लागि २३ सदस्यीय संस्कृतिक टोली नेपालबाट बंग्कोक आइपुगीसकेको जानकारी एन आर एन थाइल्याण्डका संचार संयोजक आसाजिता अवालेले पत्रकारहरुलाई जानकारी गराउनु भएको थियो। उक्त संस्कृतिक टोलीले पत्रकार सम्मेलनमा केहि संस्कृतिक नृत्यहरु प्रदर्सन पनि गरेको थियो। अवालेका अनुसार नेपालको हिमालदेखि पहाड सम्म  बस्ने नेपालीहरुको भेस भुषा झल्काउने फेशन परेड एवम लकी ड्र कार्यक्रमहरु पनि महोस्त्सबमा समेटिएको छ।
थाई, विदेशी पर्यटक, विभिन्न अन्तर्राष्ट्रिय संस्थामा काम गर्ने समुदायलाई लक्षित गरेर आयोजना गर्न लागिएको यस महोत्सवमा करिव दुई दर्जन स्टल रहने र स्टल हरुका  लागि सयौंले निसुल्क प्रवेश पाउने  व्यवस्था गरिएको छ भने संस्कृतिक कार्यक्रम, फेशन परेड र रात्रिभोजको लागि  पूर्वनिमन्त्रित २५० जना बिशेष पाहुनाहरु का लागि तयारी गरिएको एन आर एन थाइल्याण्डका युवा संयोजक दिपेश श्रेष्ठले बताउनु भयो।  सबै तयारी अन्तिम चरणमा पुगेकोले पास हरु वितरण गर्ने,  स्टल बूकिंग गर्ने , स्पन्सर बूकिंग गर्ने कार्यहरु  पनि शनिबार देखि बन्द भएको श्रेष्ठले जानकारी गराउनु भयो।
बौद्ध धर्मप्रति  आस्था राख्ने थाईहरु पछिल्लो समयमा बौद्ध जन्मस्थल लुम्बिनीलगायतका स्थानमा भ्रमण गर्ने क्रम बढदै गएको छ।
तीब्र आर्थिक विकासतर्फ लम्कदै गएको थाइल्याण्ड नेपालको व्यापार तथा नेपालमा लगानी प्रवद्र्धनको लागि पनि प्रचर संभावना भएको मुलुक भएकोले यस महोत्सवले त्यसका लागि ठूलो सहयोग पुर्याउने  एन आर एन थाइल्याण्डका सल्लाहकार बिजय आचार्यले दाबी गर्नु भयो।  पत्रकार सम्मेलनकै क्रममा पत्रकारहरुसंग कुरा गर्दै एन आर एन थाइल्याण्डका संस्कृतिक विभाग प्रमुख राज कर्माचार्य र कार्यकारी सदस्य बिजय अवालेले यो महोत्सवले नेपालीहरुको सद्भावलाई थाई समुदायमा चिनाउने मौका दिएको बताउनु भयो।
पत्रकार सम्मेलनमा दर्जनौ थाई पत्रकारहरु सहभागी भएका थिए भने आयोजक सस्था एन आर एन थाइल्याण्डले उनीहरुलाई महोत्सवको लागि निसुल्क पास वितरण पनि गरेको थियो। पत्रकार सम्मेलनमा मिस लिम्बु निलिमा लिम्बुले फेशन परेडमा सहभागी मोडलहरुलाई पनि पत्रकार सम्मेलनमा उपस्थित गराई तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएकी थिइन।