
काठमाडौं, ६ साउन । व्यवसायीसँगको मिलेमतोमा यातायात कार्यालयले नै चोरीको सवारीसाधन दर्ता गर्ने गरेको खुलासा भएको छ ।
महाकाली अञ्चल यातायात व्यवस्था कार्यालयले भारतबाट ल्याइएका चोरीका गाडी फर्जी कगजातका आधारमा दर्ता गर्ने गरेको फेला परेको हो । कारोबार दैनिकले समाचार छापेको छ ।
किर्ते काममा संलग्न अञ्चल यातायात कार्यालयका निमित्त प्रमुखसहित ७ जनालाई बिहीबार नै निलम्बन गरिएको छ ।












प्रतिक्रिया