२९ आश्विन २०८३, बिहिबार

टेक्सासमा म्हः पूजा तथा नया वर्ष कार्यक्रम सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विकासराज न्यौपाने
टेक्सास ।  अमेरिकाको टेक्सासमा नेपाल नेवाः एसोसियसनको आयोजनामा सामुहिक म्हः पूजा तथा नया वर्ष कार्यक्रम सम्पन्न भएको छ ।

नयाँ बर्ष ११३५ को अबसरमा सम्पूर्ण नेपालीलार्इ  एसोसियशनका तर्फबाट शुभ कामना व्यक्त गरिएको थियो । उक्त कार्यक्रम अर्विंगस्थित भियतनामी बुद्धिस्ट मन्दिरको हलमा भएको थियो ।

कार्यक्रमको सञ्चालन प्रमेश श्रेष्ठले गर्नुभएको थियो ।   कार्यक्रममा म्हः पूजाको मण्डप पूजाको शुरुवातदेखि अन्तसम्म सबै बिधिको बिस्तृत बयान अंग्रेजी, नेपाली तथा नेपाल भाषामा अनुबाद समेत गरिएको थियो ।

कार्यक्रममा अमेरिकामा जन्मेका केटाकेटीदेखि अमेरिकन पाहुनाहरुले समेत सो कार्यक्रममा रमाइलो अनुभव गरेका थिए ।

ज्ञानेश्वर अमात्यको ‘नेपाली त’ नेवा गीतले कार्यक्रममा रमाइलो थपेको थियो ।

एशोसियसनका कजी राम गमाल, स्वयम्भू शाक्यलगायत कार्यक्रम सफल भएकोमा दङ्ग देखिनुहुन्थ्यो  । तस्वीर स्वयम्भु शाक्य