काठमाडौं, ५ साउन । प्रहरी प्रधान कार्यालयले असार ३० गते २५ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेसँगै महानगरिय प्रहरी परिसर काठमाडौं, अपराध महाशाखा र ललितपुर परिसरका प्रमुखको फेरबदल गर्ने तयारी थालेको छ ।
परिसरका प्रमुख एसएसपी छविलाल जोशी डिआईजी बढुवा सिफरिसमा परेका छन् भने महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्य सिफारिसमा परेनन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
बढुवा सिफारिस भएका एसएसपी र डिआईजीले दज्र्यानी चिन्ह लगाएसँगै हेडक्वार्टरले दुबै ठाउँमा नयाँ एसएसपी पठाउने तयारी गरेको हो ।
स्रोतका अनुसार महाशाखाका प्रमुख अमात्यको कार्यशैली सन्तोषजनक नभएपछि उनलाई हटाउने हेडक्वार्टरको तयारी छ ।
हुण्डी कारोबारीसँगको उठबस र केही गुण्डा नाइकेसँगको रहस्यमय सम्बन्धका कारण हेडक्वार्टरले अमात्यलाई केही समय अघि नै हटाउने तयारी गरेको थियो । ललितपुर परिसरका एसएसपी ठूले राई पनि डिआईजीमा सिफारिस भएका छन् ।
यि तीन स्थानमा एसएसपीमा बढुवा सिफारिस भएका एसपीहरु प्रधुम्न कार्की, शैलेस थापा क्षेत्री, रविन्द्र धानुक, उत्तमराज सुवेदी र विश्वराज पोखरेलमध्येबाट पठाउने सम्भावना रहेको हेडक्वार्टर स्रोत बताउँछ ।
स्रोतका अनुसार अपराध महाशाखामा सिंह, परिसरमा धानुक र कार्की मध्ये एकको सम्भावना बढि देखिएको छ ।
एसपी कार्की परिसरमै कार्यरत रहेको र उनी सक्षम अधिकारी भएको हुँदा आईजीपी प्रकाश अर्याल कार्कीलाई परिसरमा राख्न चाहन्छन् । तर, गृहमन्त्री जनार्दन शर्मा भने परिसरमा धानुकलाई पठाउने सोचमा रहेको बुझिएको छ ।












प्रतिक्रिया