१५ कार्तिक २०८३, आइतबार

नेपाली उपभोक्तालाई भारतबाट यसरी ल्याइन्छ मरेका माछा

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


वीरगञ्ज, ४ असार । खुल्ला सीमाको फाईदा उठाउँदै ब्यापारीले सहज रुपमा भारतबाट मरेका माछा भित्र्याएर बिक्री वितरण गर्दा नेपाली माछापालक किसान समस्यामा परेका छन् ।

मरेका भारतीय माछा यस्तो हुने गर्छ, उपभोक्ताले गुणस्तरभनदा मूल्यमा बढी महत्व दिने गरेकाले प्रतिस्पर्धा गर्न कठिन भएको पर्सा, भिस्वाका किसान भीम साहको गुनासो छ । गोरखापत्र दैनिकले समाचार छापेको छ ।

भारतबाट माछा आयत गर्नेहरू पनि मरेका माछा ल्याउने गरेको स्वीकार गर्छन् । वीरगञ्जका विभिन्न स्थानमा रहेका माछा बजारमा बेच्न राखिएका कार्टुनमा प्याक गरेर ल्याईएका माछा कम्तीमा पाँच दिनअघि नै मारिएको स्वयं विक्रेता नै बताउँछन् ।

मरेको माछा आईसमा राखेर ल्याउँदा केही फरक नपर्ने तर्क गर्दै नेपाली माछा ब्यापारीले मरेकै माछाको माग गर्ने गरेको आयातकर्ताको दावी छ ।