काठमाडौं, १० कात्तिक । पूर्वराजा ज्ञानेन्द्रको परिवारले पूर्वयुवराज पारस शाहलाई नेपालमा नल्याई थाइल्यान्डकै राजधानी बैंककको पुनःस्थापना केन्द्र (सुधार गृह)मा राख्ने गृहकार्य अघि बढाएको छ।
अदालतमा १० लाख भाट धरौटी राखी केही दिनअघि मात्र प्रहरी हिरासतबाट मुक्त पाएका पाएकालाई उपचारका लागि बैंककमै पुनःस्थापना केन्द्रमा राख्ने निष्कर्षमा निर्मल निवास पुगेको हो ।
अबैध लागूऔषध सेवन गरेको अभियोगमा गत महिना उनी थाइल्यान्डको रुङखाईमा पक्राउ परेका थिए ।
नेपालमा ल्याउँदा उनी फेरि दुव्र्यसनमा फस्न सक्ने भएकाले थाइल्यान्डमै पुनःस्थापना केन्द्रमा राख्ने तयारी परिवारले गरेको समाचार आजको राजधानी दैनिकले छापेको छ।
पारस थाइल्यान्डमा पक्राउ परेपछि उनलाई सहयोग गर्न धीरेन्द्रकी माइली छोरी बैंकक पुगेकी थिइन् । अदालतमा धरौटी राख्ने रकम पनि उनैले लिएर गएकी थिइन् ।
पारस यसअघि पनि पुनःस्थापना केन्द्रमा बसिसकेका छन् । अवैध लागूऔषध सेवन गरेको अभियोगमा अघिल्लो पटक थाई अदालतले नै उनलाई पुनःस्थापना केन्द्रमा पाठाउने निर्णय गरेको थियो ।
अदालतको आदेशपछि ६ महिनासम्म उनी च्यान्माई सुधार केन्द्रमा बसेका थिए ।















प्रतिक्रिया