३० आश्विन २०८३, शुक्रबार

छोरा पक्राउ पर्दा आमा कोमल बिरामी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ganendra-komalकाठमाडौं, १० कात्तिक । पारस थाइल्यान्डमा पक्राउ पर्दा यता पूर्वरानी कोमल बिरामी परेकी छन् ।

दरबार हत्याकाण्डमा लागेको गोलीको छर्राले उनलाई दुःख दिन थालेको हो ।

छर्रा निकाल्न कोमल एक पटक सिंगापुर र एक पटक बेलायतसम्म पुगेकी थिइन् ।

छर्रा निकाल्दा झनै हानी हुने सल्लाह चिकित्सकले दिएपछि उनले छर्रा निकालेकी थिइनन्।

तर, अहिले ती छर्राहरु पहिलेको ठाउँबाट केही पर सरेको समाचार आजको राजधानी दैनिकले छापेको छ ।

मुटुको नजिकसम्म छर्रा पुग्न लागेको डाक्टरहरु बताउँछन्। त्यसबाट कोमलको छातीमा असजिलो महसुस भएको छ।

छाउनी अस्पतालमा डा. किशोर राणाले उनको स्वास्थ्य उपचार गरिरहेका छन्।

चिकित्सकहरुले एकदुई महिनामै भारत गइ उपचार गर्नसमेत सुझाव दिएको स्रोतले बताएको छ।

छातीमा छर्राहरुले दुःख दिएपछि गत वैशाखमा पूर्वराजा ज्ञानेन्द्र एक्लै धरानको कुम्भ मेला गएका थिए।