३० आश्विन २०८३, शुक्रबार

२७ वर्षीया चिनियाँ युवती बेपत्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chinaकाठमाडौं, १० कात्तिक । तिब्बत हुँदै नेपाल घुम्न आएकी २७ वर्षीय चिनियाँ युवती गुओ सियाओफाङ एक सातादेखि बेपत्ता भएकी छन्।

तिब्बतबाट १८ अक्टोबरमा एक्लै काठमाडौँ प्रवेश गरेदेखि उनीसँग सम्पर्क टुटेको भन्दै परिवारका सदस्यले चिन्ता व्यक्त गरेका छन्। गुओ मध्य चीनको हुवेइ प्रान्तको राजधानी उहानकी विद्यार्थी हुन्।

शनिबार राती उनको माइक्रोब्लगमा हुवेइकी युवती नेपालमा बेपत्ता शीर्षकमा सूचना दिइएपछि उनको गृहनगर उहानमा हल्लीखल्ली मच्चिएको थियो।

माइक्रोब्लगमा यो सूचना तीन लाख ६० हजारले हेरेको चिनियाँ सञ्चार माध्यमले जनाएको समाचार आजको नागरिक दैनिकले छापेको छ ।

सियाओफाङका विद्यार्थी साथीहरूले उनी सिचुवना हुँदै तिब्बतबाट नेपाल प्रवेश गर्ने बेलासम्म माइक्रोब्लगमा फोटो अपडेट गरेको तर त्यसपछि बेखबर रहेको जनाएका छन्।

सियाओफाङका भाईले दिदिको यो यात्रा पहिलो भएको र नोभेम्बरको शुरुमा घर फर्कने बताएको उल्लेख गर्दै अहिले फोन समेत बन्द रहेको जनाएका छन्।

भाईले उनी ट्रेकिङ गएको हुनसक्ने अनुमान गर्दै सुरक्षित रहेको खबर पाउन आतुर रहेको बताएका छन्।