११ मंसिर २०८३, शुक्रबार

राप्रपाको कार्यसम्पादनको बैठक बस्दै, राणा समूहले बनायो नयाँ रणनीति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।

काठमाडौंको धुम्रबाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे कार्यसम्पादन समितिको बैठक बस्न थालेको हो । बैठकमा भोलि बुधबारदेखि सुरु हुन लागेको केन्द्रीय कार्यसमितिको बैठकको तयारीका विषयमा छलफल हुनेछ ।

राप्रपाका नेता दिलानाथ गिरीले बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टी भित्र देखिएको केही समस्यालाई समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल हुने बताउनुभयो ।

‘भोलिदेखि केन्द्रीय कार्यसमितिको बैठक सुरु हुँदैछ’, उहाँले भन्नुभयो, ‘केन्द्रीय समितिको बैठकको तयारी र पार्टीभित्र देखिएको असन्तुष्टिलाई कसरी समाधान गर्ने भन्नेबारेमा छलफल हुनेछ ।’

राप्रपामा वरिष्ठ नेता पशुपति शम्शेर राणा समूहले अध्यक्ष कमल थापाले पार्टीलाई भताभुङ्ग बनाएको भनेर असन्तुष्टि जनाउँदै आएको छ ।

स्रोतका अनुसार राणा समूहले आजको कार्यसम्पादन समितिको बैठक बहिष्कार सम्मको चेतावनी दिएको छ । राणा समूह अध्यक्ष थापालाई असहयोग गर्ने रणनीतिमा पुगेको स्रोतको भनाइ छ ।