३० आश्विन २०८३, शुक्रबार

सत्तारुढ दल कांग्रेसको आयस्रोत सुक्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali Congressकाठमाडौं, १० कात्तिक । कांग्रेसले क्रियाशिल सदस्यता वितरण र नवीकरण शूल्कलाई पार्टी सञ्चालनको मुख्य आयस्रोत मानेको छ।

तर, क्रियाशिल सदस्यको विषयमा विधान र नियमावली बाझिँदा मुख्या आयस्रोत नै सुकेको छ।

कांग्रेस विधानमा प्रत्येक वर्ष सदस्यता नवीकरण गर्नु पर्ने र शुल्क सय रुपैयाँ लाग्ने उल्लेख छ। तर, नियमावलीले महाधिवेशनपछिको एक कार्यकालका लागि नवीकरण शुल्क एक सय रुपैयाँ तोकिएको छ।

विधान र नियमावी बाझिँएकाले आयस्रोतमा समस्या आएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

‘विधानले प्रत्येक वर्ष नवीकरण गर्नु पर्ने र शुल्क पनि एक सय रुपैयाँ तोकेको छ,’ कार्यालय सचिव प्रेम केसीले भने, ‘तर, नियमावलीले एक अबधिको एक सय रुपैयाँ नवीकरण शुल्क भनेको छ, यसले नवीकरण अवधि चार वर्ष भन्ने बुझियो।त्यसैले समस्या भएको छ।’