१५ कार्तिक २०८३, आइतबार

यता खोक्यो उता रोक्यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ साउन । लगभग अर्कोसाता मात्र प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका लागि भारत सरकारले स्वीकृति दिने भएको छ । देउवाको भारत भ्रमण सोमबार या मंगलबारै हुनुपर्ने थियो ।

तर, राष्ट्रपतिको निर्वाचनलाई कारण देखाएर नेपालका प्रधानमन्त्रीको भ्रमण भारतीय पक्षले रोक्यो । जबकि, परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भ्रमणको चाँजो मिलाएर आएका थिए । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

तर, कुटनीतिक रूपमा नेपालका कार्यकारी प्रमूखलाई त्यति महत्व नदिने भारतले नयाँ प्रधानमन्त्री देउवाको भ्रमणलाई टुङ्गो नदिनुले अझ नेपाललाई हेपाहा प्रवित्तिले हेरिएको टिप्पणी गरिएको छ । यस्तो अपमान गरेको हो । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीको पनि अपमान भएको थियो ।

भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाल आएका बेला भने प्रोटोकल तोडेरै राष्ट्रपति भण्डारी स्वागतका लागि पुगेकी थिइन् । परराष्ट्र मन्त्रालयले देउवाको भारत भ्रमणको तयारी लगभग पूरा गरिसकेको थियो ।

‘आजभोली नै जाने तयारी गरेका थियौं, भारतीय पक्षले तत्कालका लागि स्वागत गर्न समस्या हुनसक्ने जनाऊ दिएपछि केही दिन पर सरेको छ’, परराष्ट्र स्रोतले भन्यो,‘त्यहाँ राष्ट्रपतिको चुनाव चलिरहेका कारणले भ्रमण सारिएको हो ।’

यसअघि भारतले तत्काल प्रधानमन्त्री देउवालाई स्वागत गर्नका लागि तयार रहेको जनाउ दिँदै परराष्ट्रमन्त्री महरालाई पठाएको थियो । परराष्ट्र सचिवको एक साताभन्दा लामो विदेश भ्रमणका कारण केही ढिलो भएको तयारी अहिले अघि बढाइएको हो । परराष्ट्र स्रोतका अनुसार नेपालले देउवाको दिल्ली भ्रमणको तिथि प्रस्ताव गरिसके पनि त्यसमा भारतको सहमति छैन ।

भारतमा १४ औं राष्ट्रपति छनोटका लागि आज निर्वाचन हुँदै छ। निर्वाचन परिणाम घोषणा भने तीन दिन पछि २० तारिखमा मात्रै हुने भएको छ । त्यसपछि केही समय सपथ ग्रहणको लागि दिनुपर्ने भएकाले त्यो समयमा देउवाको भारत भ्रमण नहुने पक्का छ ।

प्रधानमन्त्रीमा निवार्चित भएलगत्तै देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले टेलिफोन गरी बधाईसँगै दिल्ली भ्रमणको निम्ता दिएका थिए ।

परराष्ट्र अधिकारीहरूका अनुसार पनि देउवाको भ्रमणका विषयमा भारतीय दूतावास र परराष्ट्रबीच लगातार छलफल भइरहे पनि तिथि टुंगो लागेको छैन ।

परराष्ट्र, गृह, अर्थ, आपूर्ति, ऊर्जालगायत मन्त्रालयका कर्मचारीस्तरमा प्रधानमन्त्रीको यात्राका क्रममा राखिने विषयबारे छलफल भइरहेको छ । तर, भ्रमण मितिको भारतले टुङ्गो दिएको छैन ।