विजय थापा
भर्जिनिया । अमेरिकामा नेपाली समुदायले तिहार धुमधामसँग मनाएका छन् । नेपालीहरुको महत्वपूर्ण चाड तिहारको अवसरमा चेलीबेटीहरुले सेलरोटी बनाउने र देउसी भैलो खेल्ने गरे ।
नेपाली परिकारका सामग्री बनाउन सबै चिज उपलब्ध हुने भएकोले तिहारमा नेपालमा बनाईने सबै चिज बनाउन बेनका थिए । डिसी क्षेत्रमा लंगुरबुर्जासमेत स–परिवार मिलेर खेलेका छन् ।
नेपालीहरुको दोश्रो ठुलो चाड भएकोले भाई टिकाको दिन लंगुरबुर्जा ,कौडाको साथै तास पनि खेलेर भाईटिका हर्सौल्लासको साथ मनाईएको क्यानाडाबाट वाशिंगटन डिसी आएका नेपालीले बताए । लंगुरबुर्जा र कौडा झन्डै ३ बर्ष अगाडी दशैँ र तिहारमा मनोरंजन गर्न नेपालबाट मगाएको जानकारी उनले दिए।

डिसीमा दीदीसँग टिका लगाउन क्यानाडाबाट १० घण्टाको यात्रा गरेर आएको जानकारी दिदैँ उनले भने– ‘हामीले हाम्रा चाड पर्व ,संस्कृति र परम्परालाई हाम्रा भाबी सन्तानलाई बचाई राख्नुपर्छ, यो सबैले गरे मात्र सम्भव हुन्छ ।’
















प्रतिक्रिया