१५ कार्तिक २०८३, आइतबार

दीपक बोहरा नसच्चिए कमल थापाले कारबाही गर्ने

3.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र मतभेद र असन्तुष्टि चुलिएपछि अध्यक्ष कमल थापाले त्यसको सम्पूर्ण दोष पार्टी उपाध्यक्ष एवं संसदीय दलका उपनेता दीपक बोहरामाथि थोपर्दै तत्काल नसच्चिए कारबाही गर्ने चेतावनी दिनुभएको छ ।

पार्टीभित्र बढेको द्वन्द्वबारे छलफल गर्न आएका केन्द्रीय सदस्य, सांसद र जिम्मेवार कार्यकर्तासँग थापाले बोहरालाई कारबाहीको चेतावनी दिनुभएको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

पार्टीका एक पदाधिकारीले भने, ‘आफूपछि दोस्रो मर्यादामा रहनुभएका उपाध्यक्ष बोहरालार्ई पदबाट निकाल्नेसम्मको तयारीमा थापा हुनुहुन्छ ।’

पार्टी एकता भाँड्नेसम्मको षड्यन्त्रमा सहभागी भएको आरोप बोहरामाथि छ । वरिष्ठ नेता पशुपतिशम्शेर राणालाई प्रयोग गरी पार्टी फुटाउने षड्यन्त्रको मियो नै बोहरा रहेको आरोप अध्यक्ष थापाले लगाएको जानकारी ती नेताले दिए ।

सांसदसमेत रहनुभएका केन्द्रीय समिति सदस्य रेशमबहादुर लामाले पार्टीमा उत्पन्न परिस्थितिको जिम्मेवार अध्यक्ष थापा भएको बताउँदै केन्द्रीय समितिमा मनोनयन गरिएका ४२ जनाबारे पुनर्विचार गर्नुपर्ने बताउनुभयो ।

४२ जनाको मनोनयनका कारण पार्टी फुट्ने अवस्थामा पुगेको छ । विधानको अधिकार प्रयोग गर्दा पार्टीका वरिष्ठ नेताको परामर्श अनिवार्य हुन्छ ।

अर्का केन्द्रीय सदस्य एवं सांसद दिनेश श्रेष्ठले एकीकरणदेखि अहिलेसम्म निरन्तर मन्त्री बन्ने दाउमा रहेको चरित्रकै कारण पार्टी विभाजनको संघारमा पुगेको दाबी गर्नुभयो ।

हामी निर्वाचित, हामीले निरन्तर मन्त्री पाउनुपर्छ भन्ने चरित्रले वरिष्ठ नेता राणाको मान, मर्यादा र सम्मानसम्मलाई दुरुपयोग गरेको उहाँले बताउनुभयो ।

सांसद एवं केन्द्रीय सदस्य लीलादेवी श्रेष्ठले वरिष्ठ नेता राणाको परामर्शमा केन्द्रीय सदस्य मनोनयन हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।