१५ कार्तिक २०८३, आइतबार

कर्मचारी पदपूर्तिमा आफूखुसी गर्ने दिन गए

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ साउन । सुरक्षा निकाय, सार्वजनिक संस्थान, प्राधिकरण लगायतका सङ्गठित संस्थामा कर्मचारी पदपूर्ति गर्दा अब तोकिएको मितिमा मात्र गर्न पाइनेभएको छ ।

निजामती सेवामा जस्तै सुरक्षा निकाय लगायतका सङ्गठित संस्थामा कर्मचारी पदपूर्तिका लागि खोलिने विज्ञापन, लिखित परीक्षा सञ्चालन, मौखिक र नतिजा प्रकाशनलाई व्यवस्थित गर्न लोकसेवा आयोगले सुरक्षा निकाय र सङ्गठित संस्थाका लागि छुट्टै वार्षिक कार्यतालिका लागू गरेसँगै आफूखुसी गर्ने युगको अन्त्यसमेत भएको छ । गोरखापत्र दैनिकले समाचार छापेको छ ।

आयोगका उपसचिव एवम् सूचना अधिकृत देवी सुवेदीका अनुसार आयोगले प्रकाशन गरेको वार्षिक तालिकासँगै अब सङ्गठित संस्थाले जुनसुकै समयमा आफूखुशी विज्ञापन गर्ने समयमा नतिजा प्रकाशन नगर्ने, बीचैमा परीक्षा रद्ध गर्नेजस्ता समस्याको समाधान हुनेछ ।

जसका लागि यो कार्यतालिका प्रकाशन गरिएको छ ती संस्थाका लागि यो बाध्यकारी हुन्छ भन्दै उपसचिव सुवदीले कार्यतालिकाले संस्थानका पदपूर्तिलाई व्यवस्थ्ति र सहज बनाउने विश्वास व्यक्त गर्नुभयो ।

यसले सुरक्षा निकाय लगायतका सङ्गठित संस्थाप्रति उम्मेदवार लगायत आम जनसमुदायको विश्वास बढाउँछ –उपसचिव सुवेदीले भन्नुभयो– अब संस्थाहरूमा लिइने परीक्षा थप मर्यादित हुनेभएका छन् ।

कर्मचारी पदपूर्तिका लागि लोकसेवा आयोगको पूर्व सहमति लिनैपर्ने र आयोगले आफ्नो क्यालेन्डर अनुसार विज्ञापन, परीक्षा सञ्चालन, नतिजा प्रकाशन सम्मको काम गरेपछि मौखिक परीक्षा मात्र सम्बन्धित संस्थाले गर्ने भएकाले निजामती सेवा बाहेकका सरकारी पद पनि निजामती जत्तिकै निष्पक्ष र पारदर्शी ढङ्गले पदपूर्ति हुने आयोगले विश्वास लिएको सूचना अधिकृत सुवेदीले जानकारी दिनुभयो ।