
दैलेख ३१ असार । दैलेखमा शनिबार राति भूकम्पको धक्का महसुस भएको छ ।
शनिबार राति १० बजेर २० मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पले हल्लाएपछि सर्वसाधारणहरु घरबाहिर निस्केका थिए ।
दैलेखको साबिकको भवानी गाविसलाई केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्प सानो रेक्टर स्केलको भए पनि निकै हल्लाएको थियो ।
भूकम्प गएलगत्तै मुसलधारे पानी परेका कारण खतरा हुन सक्ने भन्दै सदरमुकामका बासिन्दाहरु सडकमा निस्केका छन् ।











प्रतिक्रिया