काठमाडौँ, ९ कात्तिक । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराई आइतबार दिनभरी व्यस्त रहने हुनुभएको छ ।
दलहरुवीच संविधान निर्माणको क्रममा देखिएका विवादित विषयमा सहमति जुटाउने प्रयासका लागि उहाँ दिनभरी नै व्यस्त रहने उहाँको सचिवालयले जानकारी दिएको छ ।
आइतबार बिहानै न्यायप्रणालीको विषयमा रहेको विवादको विषयमा सर्वोच्च अदालतका प्रधानन्यायधीशसहित न्यायधीशहरुसँग छलफल उहाँले छलफल गर्नुभयो ।
त्यसपछि उहाँले निर्वाचन प्रणालीको विषयमा निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गर्नुभयो ।
उहाँले आफ्नो पार्टी एमाओवादीभित्र पनि आइतबार नै आन्तरिक छलफल गर्दै हुनुहुन्छ ।
आन्तरिक छलफलपछि उहाँले सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा एमालेसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।
उहाँले आाजै प्रधानमन्त्री सुशील कोइरालासँग पनि छलफल गर्ने कार्यक्रम छ ।
उहाँले सहमतिकै लागि भन्दै शनिबार टिकाका दिन पनि छलफललाई तिव्रता दिनुभएको थियो ।















प्रतिक्रिया