१ कार्तिक २०८३, आइतबार

बलजफ्ती र बाल विवाह उन्मुलनबारे राष्ट्रसंघीय मञ्चमा नेपाली चेलीको दमदार प्रस्तुती

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विजय थापा

न्युयोर्क । न्युजर्सीकी महिला सामाजिक कार्यकर्ता बिष्णु माया परियार (बिद्या वारिधि)ले संयुक्त राष्ट्रसंघीय उच्च राजनीतिक मञ्चमा आयोजित एक कार्यक्रममा नेपालमा हुने बलजफ्ती, बाल तथा दबाव मुलक बिवाहका बारेमा दमदार प्रस्तुति दिएकी छन् ।

उनले उक्त मञ्चमा बलजफ्ती, बाल तथा दबाव मुलक बिवाह उन्मूलन सम्बन्धि गोष्ठीमा दयनीय अवस्था बारेमा जानकारी गराईन । उनले गत मंगलबार जुलाई ११ तारिख राष्ट्रसंघ भवनको सभा कक्षमा बोलेकी हुन् ।

मानव अधिकार निगरानी (वाच)को प्रतिवेदन अनुसार प्रत्येक बर्ष विश्वमा १८ बर्ष भन्दा कम उमेरका १ करोड ५० लाख किशोरीहरुको बिबाह हुने गरेको छ । यसको साथै १५ बर्षको उमेरमा बिबाह हुनेहरु करिव १० प्रतिशत रहेको छ ।

एसियन मुलकमा भारत र बंगलादेश पछि नेपाल बालविवाहको उच्च दर भएको तेस्रो मुलुक हो । जोन्टा अन्तर्राष्ट्रियका लागि युएन समितिकी लेस्ली राइटले सञ्चालन गरेको उक्त कार्यक्रममा वक्ताको रुपमा एडवन नेपालकी संस्थापक तथा जर्सी सिटि डाईभर्सिटी एण्ड इन्क्लुजन कि सल्लाहकार बिष्णुमाया परियार, युनिसेफ अमेरिकाको फिल्ड इन्गेजमेन्ट र ग्लोबल प्रोग्राम प्रवन्धक क्याटलिन मेककर्न, जाम्बियाको राष्ट्रसंघ मिसनकी कार्यकारी प्रमुख क्रिस्टिन कालामबिना लगायत अन्य रहेका थिए ।