२९ आश्विन २०८३, बिहिबार

कहाँ हराए हङकङमा राजेश हमाल ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajesh-Hamal

नेफ्टा फिल्म अवार्डमा सहभागी हुन हङकङ पुगेका महानायक राजेश हमालको व्यवहार देखेर यसपटक फिल्मकर्मीहरु चकित खाएका छन् ।

फिल्मकर्मीको माझमा आफूलाई एक्लै राख्दै आएका हमालले हङकङमा पनि यस्तै रवैया देखाए । अन्य फिल्मकर्मीहरु एकसाथ देखिए पनि कता हराए ? कलाकारहरुले पत्तै पाएनन्, जबकी ९० जना कलाकारहरु भने एकसाथ रमाइलो गर्दै हिँडडुलमा व्यस्त थिए ।

यतिसम्म कि राजेश हङकङको कुन होटलमा बसे, कोसँग बसे ? कसैले सुइँकोसमेत पाएन । न त उनले अन्य कलाकारसँगै खाना नै खाए । आफ्नो सुरुमा मस्त राजेश अवार्ड समारोहमात्रै झुल्किएका थिए । उनको यो शैलीलाई कतिपय कलाकारले भने सामाजिक हुन नसकेको भन्दै व्यंग्य हाने ।

अवार्ड वितरण समारोहमा भने हमाल हङकङमा रहेका नेपाली फ्यानहरुबाट घेरिएका थिए । धेरैले त उनलाई बुढा भएछन भन्ने प्रतिक्रिया पनि दिए ।