१० मंसिर २०८३, बिहिबार

संविधान संशोधनमा राप्रपाबाट आयो फरक निर्णय

10.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता भुवन पाठकले संशोधन प्रस्ताव निर्णयार्थ पेश भए आफ्नो पार्टीको तर्फबाट ३७ जनाले नै प्रस्तावको पक्षमा मतदान गर्ने स्पष्ट पारेका छन् ।

एमाले नेतृत्वको विपक्षी गठबन्धनका नेता केपी ओलीसँग संशोधन फेल गराउने विषयमा छलफल भएको भोलिपल्टै राप्रपाबाट फरक निर्णय सार्वजनिक भएको हो ।

बुधबार रिपोर्टर्स क्लबको सक्षात्कारमा राप्रपा प्रवक्ता पाठकले भने, ‘प्रस्ताव प्रस्तुत भयो भने हामी प्रस्तावको पक्षमा मतदान गर्छौं, केन्द्रिय कार्यसम्पादन समितिले निर्णय गरिसकेको छ ।’ सकेसम्म प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पनि सहमतिमा प्रस्ताव पारित गराउनको लागि बृहत्तर सहमति खोज्ने प्रयास भैरहेकोले केही दिन विलम्ब भएको समेत उनको स्विकारोक्ति थियो ।

उनले आफ्नो पार्टीका ३७ जना सांसदले नै भोट हाल्ने जिकिर गरे । उनले भने,‘अहिले बजारमा अफवाह फैलाईएको छ, पार्टीले प्रस्तावको पक्षमा भोट हाल्ने निर्णय गरिसकेकोले सबैले प्रस्तावको पक्षमा नै भोट हाल्नुहुन्छ ।’ यदि पार्टीको निर्णय विपरित प्रस्तावको विपक्षमा भोट हालिए पार्टीले सोही अनुसार गम्भिर निर्णय लिने समेत उनले जनाए ।