घोराही, २८ असार । तुलसीपुरका ब्यबसायी राजकुमार श्रेष्ठसंगै अपहरणमा परेका रणबहादुर घर्तीको एक महिनापछि शव फेला परेको छ । घर्तीको शव पनि सल्यानको छत्रेश्वरी गाउँपालिका—४ झिम्पेको खर्सुगैरा भन्ने स्थानमा आज विहान फेला पारिएको हो ।
श्रेष्ठ घटनाका अभियुक्तहरु पक्राउ परेपछि घर्तीलाई पनि हत्या गरेको उनीहरुले प्रहरी समक्ष बयान दिएका थिए । त्यसैका आधारमा सल्यान प्रहरी घटनास्थलमा पुगेको थियो । घर्तीको शव राखेको स्थानमा सल्यान प्रहरी पुगेको जिल्ला प्रहरी कार्यालदय सल्यानले जनाएको छ ।
घर्तीलाई पनि ब्यबसायी श्रेष्ठलाई हत्या गर्नुभन्दा केही समय अगाडी मारिएको उनीहरुले प्रहरी समक्ष बयान दिएका थिए । ब्यबसायी श्रेष्ठलाई अपहरण गर्ने क्रममा घर्तीलाई पनि अपहरण गरिएको प्रहरीले जनाएको छ ।
श्रेष्ठको शव फेला परेको ठाउँदेखि करिव १५० मिटर तल घर्तीको शब फेला परेको अस्थाई प्रहरी चौकी पोखरीडाँडाका हवल्दार देवजंग शाहले बताउनुभयो । घटनास्थलमा पोखरीडाँडाबाट २ जना प्रहरी र ६० जना भन्दा धेरै स्थानीय पुगेका छन् ।












प्रतिक्रिया