काठमाडौं, ८ कात्तिक । मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक सहायक प्रहरी निरीक्षकको ज्यान गएको छ ।
कोसी अञ्चल प्रहरी कार्यालय धरानमा कार्यरत बलराम मण्डलको मोबाइल चार्ज गर्दा सर्ट भएर लागेको करेन्टले ज्यान गएको हो ।
सप्तरीको औरही गाविस–५ पातो निवासी ४५ वर्षीय मण्डलको दीपावलीको छुट्टीमा घरमा आएका बेला मोबाइल चार्ज गर्दा करेन्ट लागेर मृत्यु हो ।
करेन्ट लागेर गम्भीर उनलाई अञ्चल अस्पताल ल्याउँदा ल्याउँदै बाटैमा ज्यान गएको हो ।
शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चलमा राखिएको जनाएको छ । रासस















प्रतिक्रिया