१० मंसिर २०८३, बिहिबार

यिनै हुन् व्यापारी श्रेष्ठको अपहरण र हत्यामा संलग्न पुजासहित ४ जना (तस्वीरसहित)

3.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– निशानदाजु भट्टराई

तुलसीपुर, २७ असार । तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठको अपहरण र हत्यामा संलग्न मुख्य योजनाकारसहित अभियुक्तहरुलाई प्रहरीले सार्वजनिक गरेको छ ।

जेठ २६ गते राति अपहरणमा परेका व्यापारी श्रेष्ठको शव १५ दिनपछि सल्यानको जंगलमा फेला परेको थियो । हत्यामा संलग्न १८ वर्षीय युवती पुजा घर्तीसहित चार जनालाई प्रहरीले मंगलबार तुलसीपुरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

सार्वजनिक हुनेमा सल्यान घर भई दाङ हेकुली– ६ बालापुर बस्ने २७ वर्षीय मान बहादुर भण्डारी, तुलसीपुर– ६ स्याउलीबजार बस्ने ३९ वर्षीयको टिकाराम घर्ती र सोहि स्थान बस्ने टिकारामकै छोरी १८ वर्षीया पुजा घर्ती रहेका छन् ।

अपहरणपश्चात श्रेष्ठको हत्या गरी फरार रहेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको बिशेष टोलीले बिशेष सूचनाको आधारमा बाँके जिल्लाको नेपाल–भारत सिमानामा रहेको हिरोमोनियामा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिँहले जानकारी दिए ।

यस्तै, घटनाका मुख्य योजनाकार तुलसीपुर– ८ का २८ वर्षीय भुपेन्द्र भण्डारीलाई तुलसीपुरबाट र अर्का योजनाकार तुलसीपुर– ११ कटाहाका खुमबहादुर केसीलाई काठमाडौंमा पक्राउ गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ । उनीहरु यो भन्दा अगाडि अवैध भारु नोटको कारोवारमा संलग्न थिए ।

त्यस्तै, घटनामा संलग्न रहेको आरोपमा तुलसीपुर उपमहानगरपालिका वार्ड नम्बर ९ वेलुवा शिवज्योती टोल बस्ने ४१ वर्षीय नारायण वलीलाई समेत पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरिएको राप्ती अञ्चलका प्रहरी प्रमुख ज्ञानबिक्रम शाहले पत्रकार सम्मेलनमा जानकारी दिए ।

अर्का व्यापारी रणबहादुर घर्तीको पनि हत्या भएको खुलासा

प्रहरीले पत्रकार सम्मेलनमा राजकुमार श्रेष्ठसंगै अपहरणमा परेका भनिएका अर्का व्यापारी रणबहादुर घर्तीको समेत श्रेष्ठको हत्या हुनुभन्दा आधा घन्टा अघि नै करिब दुई सय मिटर टाढा हत्या भएको पक्राउ परेकाहरुले बयानमा उल्लेख गरेको जानकारी दिएको छ । हालसम्म प्रहरीले उक्त घटनामा संलग्न १० जनालाई पक्राउ गरिसकेको जानकारी गराएको छ ।

श्रेष्ठ हत्यामा संलग्न भएको अभियोगमा सुरुमै पक्राउ परेका ४ जनालाई प्रहरीले यसअघि नै पत्रकार सम्मेलनमार्फत सार्बजनिक गरिसकेको छ ।